डोलेश्वरमा साताव्यापी निःशुल्क योग शिविर
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १३:७:४४
१ मंसिर, भक्तपुर । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिर प्राङ्गनमा आजदेखि साताव्यापी निःशुल्क योग शिविर सुरु भएको छ । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुर, डोलेश्वर महादेव संरक्षण तथा विकास समिति, सूर्यविनायक नगरपालिकासमेतका संयुक्त आयोजनामा सुरु भएको शिविरमा आज बिहान वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले उद्घाटन गरे ।
उनले योगलाई घरघरमा जोड्नुपर्ने र योगबाट स्वस्थ्य जीवन खोज्ने वातावरण सबैतिर सिर्जना गर्नुपर्ने बताउँदै योगलाई गाउँ, टोल, संघसंस्था र विद्यालयसँग जोडेर लैजानुपर्ने बताए । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले योगलाई दैनिक जीवनको साध्यको रुपमा लैजानुपर्नेमा जोड दिँदै विद्यालयलाई योगसँग जोडेर लैजान प्रशासनको तर्फबाट नेतृत्व लिने बताए ।
कार्यक्रममा पातञ्जल योग समितिका केन्द्रीय अध्यक्ष बालमुकुन्द सुवालले पातञ्जललाई देशभर फैलाएर नेपाली जनलाई योगमय बनाउने अभियान सुरु गरेको बताए । समितिका वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेले जिल्लाका चारवटै पालिकालाई योगमय बनाउने अभियान लिएर आफू टोलटोलमा पुगेको बताए ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कमला ज्ञवाली, वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले साताव्यापी योग शिविर सम्पन्न भएसँगै यस क्षेत्रमा योग केन्द्र स्थापना गरेर दैनिक योग सञ्चालन गर्ने बताए । आजको योग शिविरमा करिब ३०० जनाको सहभागिता रहेको थियो भने मन्त्री थापादेखि स्थानीयले एक घन्टा ३० मिनेटसँगै योग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार
कात्तिक ३०, २०८१ शुक्रबार
भक्तपुरको दरबार स्क्वायरनजिक ९४ वर्षीया वृद्धाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो
कात्तिक २९, २०८१ बिहिबार
जाडो छल्न आगन्तुक चरा चितवनमा
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
भद्रपुरमा राष्ट्रिय कर दिवस मनाइयो
मंसिर १, २०८१ शनिबार