मस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १३:१८:२१
१ मंसिर, काठमाडौँ । अमेरिकी निर्वाचित डोनाल्ड ट्रम्पले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिशियन्सी (डोज) विभागको जिम्मेवारी दिएपछि टेस्लाका प्रमुख एलन मस्क र व्यापारी विवेक रामास्वामीले आफ्नो काम शुरु गरेका छन् । मस्क र रामास्वामीले यस विभागमा काम गर्ने कर्मचारीको खोजी शुरु गरेका छन् ।
डोजका लागि सुपर उच्च आइक्यू भएका व्यक्तिहरू खोजिरहेको जानकारी दिदै आवेदन माग गरेका छन् । यस विभागमा हप्तामा ८० घण्टा भन्दा बढी काम गर्न सक्ने मानिसहरू खोजिरहेको सूचनामा भनिएको छ । सामाजिक सञ्जाल एक्समा प्रमाणित एकाउन्ट भएकाले मात्र आवेदन दिन सक्ने शर्त राखिएको छ । मस्क र रामास्वामीले सिभि पठाउने शीर्ष एक प्रतिशत उम्मेद्वारहरूको समीक्षा आफैले गर्ने बताइएको छ ।
यस कामका लागि पारिश्रमिक नदिइने मस्कले बताएका छन् । मस्कले भनेका छन्– ’यो कामको लागि कुनै तलब हुनेछैन । यो एक बोरिंग काम हुनेछ, र तपाईं धेरै शत्रु बनाउनुहुनेछ । र तपाईले यसका लागि कुनै पैसा पनि पाउनुहुनेछैन । भुक्तान नगरिएका यी पदहरूले अमेरिकालाई ठूलो मद्दत गर्नेछ ।’
दोश्रो पटक चुनाव जितेपछि डोनाल्ड ट्रम्पले सरकारी कर्मचारी तन्त्रलाई पुनर्संरचना गर्न र सरकारको खर्च घटाउन यो विभाग सुरु गरेका हुन् । ट्रम्पले यो बिभाग जुलाई ४, २०२७ सम्म सञ्चालन हुने बताएका छन् ।
डोज विभागले बाहिरबाट सरकारलाई सल्लाह दिनेछ । मस्कले यस विभागको जिम्मेवारी पाएपछि अमेरिकी सरकारले अहिले खर्च गरिरहेको २ ट्रिलियन डलर बचत गर्ने दाबी गरेका छन् । ट्रम्पले सेप्टेम्बरको शुरुमा डोजको गठन प्रस्ताव गरेका थिए ।
प्रणालीमा पारदर्शिता ल्याउन डोजको कामलाई अनलाइन पोस्ट गरिने मस्कले बताए । जनताको करको पैसा कुन–कुन योजनामा खर्च भइरहेको छ भन्ने कुराको जानकारी छुट्टै दिइने उनले बताएका छन् । वासिङ्टन पोस्टका अनुसार मस्कले रक्षा बजेट वा सामाजिक सुरक्षा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू कटौती गरे मात्रै मस्कको दाबी पुरा हुने उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार