मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १३:२१:६
१ मंसिर, काठमाडौँ । डोनाल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिएर अमेरिकाको सत्ता हातमा लिनेछन् । त्यसपछि उनी कामका लागि ह्वाइट हाउसमा आउनेछन् । तर उनकी पत्नी मेलानिया ट्रम्प पहिलो महिलाको रूपमा ह्वाइट हाउसमा बस्ने सम्भावना कम रहेको मिडिया रिपोर्टमा दाबि गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार मेलानियाले आफ्नो अधिकांश समय न्यूयोर्कमा बिताउने उल्लेख छ । उनी न्यूयोर्क र फ्लोरिडामा छोरासँग नै बस्ने दाबि गरिएको छ । तर, प्रथम महिलाका रुपमा मेलानिया महत्वपूर्ण काममा भने संलग्न हुनेछिन् । उनी मुख्य कार्यक्रममा मात्र देखिने बताइएको छ । उनले आगामी ४ वर्षसम्म ह्वाइट हाउसबाट धेरैजसो दूरी कायम राख्न सक्ने दाबि गरिएको छ ।
राष्ट्रपति चुनावमा विजयी भएपछि डोनाल्ड ट्रम्प राष्ट्रपति बाइडेनलाई भेट्न बुधबार ह्वाइट हाउस पुगेका थिए । यस अवधिमा पत्नी मेलानिया ट्रम्प ह्वाइटहाउसमा देखिइनन् । जो बाइडेन र प्रथम महिला जिल बाइडेनले ट्रम्प र मेलानियालाई यो बैठकको लागि निमन्त्रणा पठाएका थिए । अमेरिकामा हालका राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिलाई भेट्न ह्वाइट हाउसमा निमन्त्रणा पठाउने चलन रहेको छ । यो भेटलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको सुरुवातका रुपमा हेरिएको छ ।
मेलानिया बैठकमा उपस्थित नभएपछि ह्वाइट हाउसको वक्तव्य पनि बाहिर आएको छ । बयानमा प्रथम महिला जिल बिडेनले मेलानियाको लागि आफ्नै हातले पत्र लेखेर पठाएको उल्लेख छ । तर, मेलानियाले यसअघि नै बैठकमा सहभागी हुन अस्वीकार गरिसकेका छन् । उनले पुस्तक विमोचनका लागि निर्धारित समयतालिका यसो हुनुको कारण बताएकी छन् ।
सन् २०१७ मा डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उनी र मेलानियाका छोरा ब्यारोन ट्रम्प १० वर्षका थिए । त्यतिबेला ब्यारोन स्कुलमा पढ्दै थिए । जसका कारण मेलानिया केही महिनासम्म ह्वाइट हाउस पुग्न सकिनन् । हाल ब्यारोन १८ वर्षका छन् र न्यूयोर्क विश्वविद्यालयमा अध्ययनरत छन् । जसका कारण मेलानिया न्यूयोर्कको ट्रम्प टावरमा उनीसँगै बस्ने सम्भावना छ ।
सेप्टेम्बरमा फक्स न्यूजसँगको अन्तर्वार्तामा, मेलानियाले ब्यारोनको बारेमा कुरा गर्दै उ न्यूयोर्कमै बस्न चाहेकाले आफुले सो निर्णय गर्नुपरेको बताएकी थिइन् । मेलानिया डोनाल्ड ट्रम्पकी तेस्रो पत्नी हुन्। ब्यारोन ट्रम्प दुवैका एक मात्र छोरा हुन् ।
मेलानिया सन् २०१६ मा भने ह्वाइट हाउसमा भएको बैठकमा सहभागी भएकी थिइन् । डोनाल्ड ट्रम्पले सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिको चुनाव जितेका थिए । यसपछि तत्कालीन राष्ट्रपति बराक ओबामा र प्रथम महिला मिसेल ओबामाले ट्रम्प र मेलानियालाई भेटका लागि ह्वाइट हाउसमा स्वागत गरेका थिए । त्यतिबेला मिशेलले मेलानियालाई आफ्नो निजी निवासमा पनि लगेकी थिइन् । मिशेल ओबामाले ह्वाइट हाउसको पहेँलो ओभल कोठामा मेलानिया ट्रम्पलाई चियाको लागि होस्ट गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्क र रामास्वामीले मागे पारिश्रमिक विना काम गर्ने कर्मचारी
मंसिर १, २०८१ शनिबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
अर्बौं वर्षअघि चन्द्रमाको टाढाको भागमा ज्वालामुखी विस्फोट : अनुसन्धान
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार