वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १३:३६:१२
१ मंसिर, कञ्चनपुर । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि भीमदत्त नगरपालिका–६ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ । नगरपालिकाको वडा नं ६ को रिक्त वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालतका न्यायाधीश लिलाराज अधिकारी रहेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबारदेखि स्थापना गरी सञ्चालनमा ल्याइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापनको कार्य गरी रहेका छ । जनशक्ति व्यवस्थापनको कार्य भइरहेको छ ।
उनका अनुसार छ वटा मतदान केन्द्रमा मतदान अधिकृतसहित ३० जना कर्मचारीलाई खटाइने छन् । मतदान केन्द्रमै छ जना स्वयंसेवक राखिने भएका छन् । निर्वाचन कार्यालयले प्रकाशन गरेको अन्तिम नामावलीअनुसार पाँच हजार ४३४ मतदाता रहेका छन । त्यसमध्ये पुरुष मतदाता दुई हजार ६६५ र महिला मतदाता दुई हजार ७६९ रहेका छन् । सबै मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइने कार्यालय प्रमुख जोशीको भनाइ छ ।
निर्वाचन कार्यतालिकाअनुसार मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, ६ गतेदेखि १३ गतेसम्म उम्मेदवारले प्रचार प्रसारको कार्य गर्ने कार्यक्रम तय गरिएको छ । मङ्सिर १६ गते शान्ति निकेतन माध्यमिक विद्यालयमा निर्धारण गरिएका मतदान केन्द्रमा बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान गर्ने कार्यक्रम राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
यूपीमा योगी सरकारको मदिरा बिक्रीमा कडाई, नियम पालना नगरे कारबाही हुने
कात्तिक ३०, २०८१ शुक्रबार
शाहको क्रिकेट प्रेम: अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
तिलागुफामा निर्वाचन कार्यालय स्थापना
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार