मंसिर १६ मा हुने निर्वाचनका लागि कांग्रेसले १० र एकीकृत समाजवादीले १३ उम्मेदवारको टुंगो लगाए
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १४:५२:७
१ मंसिर, काठमाडौं । उपनिर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार छान्ने काम गरिरहेका छन् । नेकपा एमालेले सबै उम्मेदवार तय भइसकेको जनाएको छ भने माओवादीले नीति मिल्ने दलसँग गठबन्धन गर्ने गरी छलफल गरिरहेको छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले केही क्षेत्रमा मात्र उम्मेदवारको टुंगो लगाएका छन् ।
कांग्रेसले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि विभिन्न स्थानमा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार ४४ मध्ये विभिन्न स्थानको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । कांग्रेसले पार्टीका उम्मेदवारलाई मत दिएर विजयी गराउन पनि आग्रह गरेको छ ।
कांग्रेस उम्मेदवारको सूचीः
(१) भीमकुमार लक्सम्वा – ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद– वडा अध्यक्ष
(२) रामगोपाल वली– झापा, कन्काई नगरपालिका वडा नं. ६,पद– वडा अध्यक्ष
(३) वलराम सरदार – मोरङ, ग्रामथान गाउँपालिका, पद– अध्यक्ष
(४) नगेन्द्र लिम्वू – तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद– वडा अध्यक्ष
(५) तेतर साह – सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद– वडा अध्यक्ष
(६) टेकराज भट्टराई – ओखलढुंगा, जिल्ला समन्वय समिति, पद– प्रमुख
(७) घनश्याम दाहाल– ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद– वडा अध्यक्ष
(८) सन्जिव काफ्ले – उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद– वडा अध्यक्ष
(९) नवराज बस्नेत – उदयपुर, बेलका नगरपालिका, वडा ९, पद– वडा अध्यक्ष
(१०) भाईकाजी आले– गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद– वडा अध्यक्ष
एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने उपनिर्वाचनको लागि १३ उम्मेदवार टुंगो लगाएको छ । मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख र वडाध्यक्षगरी रिक्त ४४ पदमा हुन लागेको उपनिर्वाचनमा नेकपा एसले अहिलेसम्म १३ उम्मेदवार टुंग्याएको हो । तल्लो कमिटीबाट नाम आउने क्रम जारी छ । यो दलले उपनिर्वाचनमा समाजवादी मोर्चामा आबद्ध रहेका दलहरुसँग चुनावी तालमेलको छलफल पनि गरिरहेको छ ।
कहाँ को उम्मेदार ?
(१) मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष– दिलबहादुर विश्वकर्मी
(२) सुनसरीको गढी गाउँपलिका वडा नं ६ वडाध्यक्ष– डोमी उराव
(३) उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ वडाध्यक्ष– निर्मला चौधरी
(४) धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ वडाध्यक्ष– गोपालीसाह
(५) रौतहटको गढीमाइ नगरपालिका वडा नं ८ वडाध्यक्ष– वजरंगीप्रसाद यादव
(६) रौतहटको ईशनाथ नगरपालिका वडा नं ७ वडाध्यक्ष– सदरे आलम
(७) नुवाकोटको ककनी गाउँपालिका वडा नं २, वडाध्यक्ष– मानबहादुर लामा
(८) मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२,वडाध्यक्ष– बलराम बल
(९) दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष– रविना खड्का
(१०) काठमाडौं महानगरपालिका १६ वडाध्यक्ष– मिनबहादुर मानन्धर
(११) कीर्तिपूर नगरपालिका ४, वडाध्यक्ष– रिता खड्का
(१२) बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष– जवा शाही
(१३) कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६, वडाध्यक्ष– जितेन्द्र चन्द्र
सत्तारुढ दल नेकपा एमालेले भने आसन्न उपनिर्वाचनका निम्ति उम्मेदवारको टुंगो लगाएको छ । शनिबार एमालेले स्थानीय तहमा रिक्त ४२ पदमा नै उमेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको हो । एमालेले यसअघि नै कतिपय उमेदवारको नाम टुंगो लगाएको थियो । बाँकी पदमा पनि उमेदवारको नाम चयन गरिएको एमालेले जनाएको छ । माओवादीको पनि उम्मेदवार तयार गर्ने क्रम जारी छ । अन्य दलहरू पनि तयारीमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि एमालेले छान्यो ४२ उम्मेदवार
मंसिर १, २०८१ शनिबार
वडा कार्यालयमै मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार