महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १६:५१:५५
१ मंसिर, काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत गरिएका विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय मोबाइल वालेट, बैंकिङ्ग एप तथा अन्य डिजिटल भुक्तानीको माध्यमबाट नेपालमा भुक्तानी गर्न मिल्ने गरी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा यस्तो समझदारी गर्नेमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंक एक पहिलो विकास बैंक बनेको छ । कार्तिक २८ गते एक कार्यक्रमका बीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
यस समझदारी अन्तर्गत चीन, हङकङ, मकाओ, सिंगापुर, मलेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया र इटाली जस्ता मुलुकबाट नेपाल घुम्न आएका पर्यटकहरूले अलिपे प्लस नेटवर्कमा आबद्ध भएका विभिन्न डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग गरी महालक्ष्मी विकास बैंकले उपलब्ध गराएका क्युआरमा सहज रूपमा क्युआर पेमेन्ट गर्न सक्नेछन् । यस्ता कार्यबाट नेपालको आर्थिक तथा पर्यटन विकासमा सहयोग पुर्याउन तथा नेपाल सरकार साथै नेपाल राष्ट्र बैंकले अख्तियार गरेको डिजिटल नेपालको अभियानलाई समेत यस्तो अभियानले टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
यस अघि पनि यस बैंक र नेपाल क्लियरिङ हाउस 'एनसीएचएल' बीच नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणको लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
डिजिटल भुक्तानीका माध्यमहरूको नवीनतम प्रयोग प्रति बैंक सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटवर्कको माध्यमबाट अन्तर्देशीय क्युआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले लिएको जनाएको छ । यस बैकको देशभर १०३ वटा शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २६, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
मंसिर २५, २०८१ मंगलबार
महालक्ष्मी विकास बैंकले घोषणा गर्यो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखा
मंसिर १९, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार