डिग्रे मन्दिरमा एक लाख बढी दर्शनार्थीले पुजापाठ गरे
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार १८:२०:१२
१ मंसिर, त्रिवेणी 'रुकुम पश्चिम' । रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला सम्पन्न भएको छ । कात्तिक २७ गते हरिबोधिनी एकादशीदेखि सुरु भएको मेला शुक्रबार सकिएको हो ।
मुसिकोट नगरपालिका–५ स्थित डिग्रे शाइकुमारी भगवतीदेविको मन्दिर परिसरमा भव्य मेला लागेको थियो । यो वर्ष एकादशीदेखि पूर्णिमासम्म एक लाख बढी दर्शनार्थीले मन्दिरको दर्शन तथा पूजा पाठ गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए ।
एकादशीदेखि पूर्णिमासम्म मन्दिरमा पूजापाठ गर्नेदेखि अन्तिम दिन मेला भर्नेसम्म गरेर उक्त व्यक्ति डिग्रे पुगेको समितिले जनाएको छ । पूजापाठ तथा मेला भर्नका लागि रुकुम पश्चिमसहित छिमेकी जिल्ला रुकुम पूर्व, सल्यान, जाजरकोट, सुर्खेत, रोल्पा, दाङलगायतका छिमेकी देश भारतबाट दर्शनार्थीहरू आएका थिए ।
डिग्रे मन्दिरमा वर्षैभरि पूजापाठ तथा दर्शन गर्नुका साथै बोकाको बलिसमेत चढाउन मिल्छ । वर्षमा पाँच दिन कार्तिक हरिबोधिनी एकादशीदेखि पूर्णिमासम्मका पाँच दिनलाई विशेष दिनका रूपमा लिइन्छ । यस वर्ष भने तिथि घटबढका कारण चार दिन विशेष मेला लागेको थियो ।
‘‘एकादशी र पूर्णिमाका दिन पूजापाठ र दर्शन मात्र गर्न मिल्ने भए पनि अन्य दिन पूजा पाठ, दर्शनसहित बलि चढाउन मिल्छ, एकादशीदेखि नै मेला सुरु भए पनि पूर्णिमाका दिन भव्य मेला लाग्ने गरेको छ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केसीले भने । उनका अनुसार लठ्ठी जुदाएर सगाल नाच देखाएसँगै डिग्रे मेला सकिन्छ ।
मेला सकिए पनि मन्दिरमा यो वर्ष कति बलि चढे र कति भेटी सङ्कलन भयो भनेर विवरण सङ्कलनको काम जारी रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ भने एक हजार बढी बोकाको बलि चढ्ने गरेको छ ।
मुसिकोट नगरपालिकाले हरेक वर्ष मेलाका अवसरमा एक दिन स्थानीय बिदा दिने गरेको छ । डिग्रे मन्दिरमा पुजापाठ गर्नाले मनले चिताएको पुग्ने धार्मिक विश्वास रहको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार
एक अर्ब छ करोड लागतमा ८४ वटा परियोजनाको ‘डिपिआर’ तयार
पुष १२, २०८१ शुक्रबार