पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार २१:४१:१
१ मङ्सिर, पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पृथकतावादी समूहले अर्धसैनिक बलको सीमा चौकीमा गोली चलाउँदा सात सैनिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।
नाम नबताउने शर्तमा एक स्थानीय अधिकारीले एएफपीसँग भने, “करिब ४० देखि ५० जना सशस्त्र आतङ्ककारीले कलात जिल्लामा सक्रिय अर्धसैनिक लडाकू समूह ‘फ्रन्टियर कोर बलुचिस्तान’ ले सीमास्थित चौकीमा आक्रमण गर्दा सात सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।
केही घण्टासम्म गोली हानाहान भएको उनले बताए । एक स्थानीय नागरिक प्रशासनिक अधिकारीले हताहतको सङ्ख्या पुष्टि गर्दै घाइतेहरूलाई ‘यस दुर्गम क्षेत्रबाट हेलिकप्टरको सहायतामा प्रान्तीय राजधानी क्वेटामा उपचारको लागि पठाइएको’ बताए ।
बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) पृथकतावादी समूहका प्रवक्ता जीयान्ड बलोचले थप विवरण नदिई आक्रमणको जिम्मेवारी लिएका छन् । बीएलएले सुरक्षा बल वा अन्य प्रान्तका पाकिस्तानीहरू, विशेष गरी पञ्जाबीहरूविरुद्ध घातक आक्रमणको दाबी गर्ने गरेको छ।
लडाकूहरूले विदेशी लगानीका ऊर्जा परियोजनाहरूलाई पनि लक्षित गर्ने गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शनिबार सामाजिक सञ्जाल एक्समार्फत् सार्वजनिक एक विज्ञप्तिमा ‘आतङ्कवादी हमला’ को निन्दा गर्दै ‘दोषीमाथि तत्काल कारबाही गरिने’ प्रतिवद्धता जनाएका छन् । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानको रेलवे स्टेसनमा बीएलएले १४ सैनिकसहित २६ जनाको हत्या गरेको एक सातापछि पछिल्लो आक्रमण भएको हो ।
बिएलएका अनुसार यसअघि क्वेटा रेलवे स्टेसनमा रहेको पाकिस्तानी सेनाको युनिटमा आक्रमण भएको थियो । गत अगष्टमा बिएलएले दर्जनौं आक्रमणकारीले गरेको कम्तीमा ३९ जनाको मृत्यु भएको समन्वित आक्रमणको जिम्मेवारी लिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार