नागा चैतन्य र शोभिता धुलिपला विवाह बन्धनमा बाँधिदै
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १२:२३:४
२ मंसिर, काठमाडौं । साउथ अभिनेता नागा चैतन्य र शोभिता धुलिपला यो वर्ष विवाहको तयारीमा छन् ।
रिर्पोटका अनुसार नागा चैतन्यको विवाहको कार्ड सामाजिक सञ्जालमा लीक भएको छ, जसमा जोडीको विवाहको सम्पूर्ण विवरण सार्वजनिक भएको छ । नागा चैतन्य र शोभिताको विवाहको मिति पनि कार्ड मार्फत खुलाएको छ ।
नागा चैतन्य र शोभिता धुलिपालाको विवाहको कार्ड सोसल मिडिया प्लेटफर्म एक्समा भाइरल भइरहेको छ । कार्डमा शोभिता र नागा चैतन्यको नामसँगै दुवै परिवारका अभिभावकको नाम पनि लेखिएको छ ।
नागा चैतन्य र शोभिता धुलिपालाको विवाहको कार्डलाई परम्परागत दक्षिण भारतीय डिजाइन तत्वहरूले सजाइएको छ। नयाँ शुरुवात र आशीर्वाद, काँसाको बत्ती, गाई र फूल र पातहरूको प्रतीक झुण्डिएको मन्दिरको घण्टीले सुसज्जित, यो विवाहको कार्ड धेरै उत्कृष्ट देखिन्छ।
नागा चैतन्य र शोभिता धुलिपालाको विवाहको मिति पनि कार्डमा लेखिएको छ, जस अनुसार यो जोडीले डिसेम्बर ४, २०२४ मा विवाह गर्ने छन् ।
रिर्पोटका अनुसार नागा चैतन्यले दोस्रो पटक विवाह गर्न लागेका छन्। यसअघि उनले सन् २०१७ मा अभिनेत्री सामन्था रुथ प्रभुसँग विवाह गरेका थिए । तर, विवाहको चार वर्षपछि उनीहरुको सम्बन्धमा दरार आयो र उनीहरुको सम्बन्ध विच्छेद भएकाे थियाे ।
सामन्थासँग डिभोर्स भएपछि नागा चैतन्यको नाम शोभिता धुलिपालासँग जोडिने गरेको थियो । उनीहरु दुबै पटक पटक सँगै छुट्टी मनाउने गरेको पनि देखिएको छ । यसै वर्षको अगस्ट ८ मा नागा चैतन्य र शोभिता धुलिपालाले इन्गेजमेन्ट गरेर आफ्नो सम्बन्ध पुष्टी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड फिल्म बाजिगरको सिक्वेल बन्ने
कात्तिक २८, २०८१ बुधबार
दुई सय करोड क्लबमा कार्तिक आर्यन स्टारर भूल भुलैया-३
कात्तिक २६, २०८१ सोमबार
यशको 'टक्सिक' मा जोडिए हलिउडका एक्सन निर्देशक जेजे पेरी
कात्तिक २४, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार
प्रधानमन्त्री मोदीको नाइजेरिया भ्रमणसँगै भारतले पश्चिम अफ्रिकामा आफ्नो पहुँच बढाउदै
मंसिर २, २०८१ आइतबार
आन्तरिक पर्यटकको रोजाइमा डडेल्धुराको कस्याडाँडा
मंसिर २, २०८१ आइतबार