गएको चार महिना: सरकारी वित्तमा ८६ अर्ब घाटा
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १४:४२:५०
२ मंसिर, काठमाडौं । सरकारी प्रतिबद्धता अनुसार चालु आर्थिक वर्षका ४ महिनामा सरकारी वित्तमा सुधार देखिएको छैन् । पुँजीगततर्फ ३४ अर्ब खर्च हुँदा वित्तीयतर्फ ८७ अर्ब ९६ करोड खर्च भएको महालेखाको भनाइ छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्म विकास खर्चको तुलनामा सरकारले साँवा र ब्याज तिर्न बढी रकम खर्चिएको छ । चालु बजेटमा पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब तथा वित्तीय खर्चका लागि ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएको थियो ।
आर्थिक वर्षका सुरुका ४ महिनामा पुँजीगत खर्च ९.८ प्रतिशत मात्रै हुँदा वित्तीय खर्च २३.९५ प्रतिशत भएको छ । साधरण खर्चका लागि ११ खर्ब ४० अर्ब रुपैयाँ रकम विनियोजन भएको थियो । यसमा २ खर्ब ९२ अर्ब अर्थात् २५.६५ प्रतिशत खर्च भएको छ । यसरी हेर्दा पुँजीगत खर्चमा बढोत्तरी, राजस्व संकलनमा सुधार गर्नेलगायत प्रतिबद्धतामा सरकार चुकेकको छ । गत वर्षको चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा राजस्व संकलन र पुँजीगत खर्चमा सामान्य मात्र सुधार देखिएको छ ।
गत वर्ष निर्माण सकिएका आयोजनाको करिब २० अर्ब रुपैयाँ यस वर्ष सरकारले भुक्तानी गरेकाले पुँजीगत खर्च केही बढेको देखिएको हो । यस वर्ष निर्माण व्यवसायीलाई भुक्तानी गरेको करिब २० अर्ब रुपैयाँ घटाइदिने हो भने यस वर्षको चार महिनाका पुँजीगत खर्चको अवस्था नाजुक देखिन्छ । चालु आर्थिक वर्षको पहिलो चौमासमा सरकारले ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो अर्थ मन्त्रालयले तय गरेको पहिलो चार महिनामा राजस्व संकलनको लक्ष्यभन्दा ८३ अर्ब १३ करोडले कम हो ।
यस वर्षको पहिलो चौमासमा सरकारले राजस्वमार्फत ४ खर्ब ६ अर्ब ३७ करोड संकलन गर्ने लक्ष्य राखेको थियो । गत साउनमा १ खर्ब २० अर्ब ५१ करोड ६१ लाख, भदौमा ९२ अर्ब ८४ करोड २७ लाख, असोजमा ९६ अर्ब ५६ करोड ९२ लाख र कात्तिकमा ९६ अर्ब ४४ करोड २० लाख रुपौयँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । चारै महिनामा राजस्व संकलन कम भएकाले त्रैमासिक लक्ष्य पूरा हुन नसकेको हो । यस वर्ष सरकारले राजस्वमार्फत १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ ।
०८० असोज र ०८१ असोजको कार्यसम्पादन सूचकहरूको प्रगतिको अवस्था मूल्यांकन गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगति नभएको देखिन्छ । कात्तिकसम्ममा वार्षिक लक्ष्यको २५.६५ प्रतिशत अथवा २ खर्ब ९२ अर्ब ५२ करोड ६७ लाख चालु खर्च भएको छ । यो गत वर्षको सोही अवधिको चालु खर्चभन्दा बढी हो । ०८० कात्तिकसम्म चालु खर्च २ खर्ब ७१ अर्ब १७ करोड ४७ लाख अथवा त्यस वर्षको वार्षिक लक्ष्यको २३.७५ प्रतिशत थियो ।
सरकारतर्फ राजस्व संकलन र पुँजीगत खर्चको अवस्था दयनीय छ । निजी क्षेत्रको आत्मविश्वास खस्किएकाले थप लगानी गर्न सक्ने अवस्था छैन । सरकारले यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । विश्व बैंकले ५.१ प्रतिशत र एसियाली विकास बैंकले ४.९ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरेका थिए । तर आर्थिक वर्ष ०८०/८१ को चौथो त्रैमासमा आर्थिक क्षेत्रको वृद्धिदर २.१ प्रतिशत छ ।
यस वर्षको पहिलो चौमासमा सरकारको आम्दानी र खर्चको अवस्था हेर्दा करिब ८६ अर्बले सरकारी वित्त घाटामा छ । उक्त अवधिमा सरकारले ३ खर्ब २९ अर्ब १ करोड ५५ लाख रुपैयाँ आम्दानी गर्दा ४ खर्ब १५ अर्ब २ करोड खर्च गरेको छ । गत आर्थिक वर्षको कात्तिकसम्म करिब ६० अर्बले सरकारी वित्त घाटामा थियो । उक्त अवधिमा सरकारले २ खर्ब ९५ अर्ब ६५ करोड ५९ लाख आम्दानी गर्दा ३ खर्ब ५५ अर्ब ६३ करोड ४० लाख खर्चिएको थियो ।
यता, ४ महिनामा १९ अर्ब ८० करोड १२ लाख २९ हजार बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । स्वचालित प्रणाली, स्वीकृति र शेयर खरिदलगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार उक्त लगानीमध्ये स्वचालित प्रणालीबाट उनीहरुले चार महिनामा १०९ उद्योगका लागि १ अर्ब ६२ करोड ७३ लाख ५७ हजार, अप्रुभल रुट (स्वीकृति लिएर)बाट १५४ उद्योगका लागि १७ अर्ब ३ करोड ७७ लाख ५६ हजार ४ सय रुपैयाँबराबर लगानी भित्र्याउन स्वीकृति लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार