खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १५:३३:५९
२ मंसिर, काठमाडौं । घरबाट उम्मेदवारी दर्ता गराउन निस्किएका नेकपा माओवादीका एक जना उम्मेदवार बाटैबाट खिस्स हुनुपर्यो । कीर्तिपुर नगरपालिका वडा नं १ को अध्यक्ष पदमा उम्मेदवारी दिन तामझामसहित निस्किएका अष्टमान महर्जन निर्वाचन अधिकृतको कार्यालय पुग्दा अर्कै उम्मेदवारलाई सघाउनुपर्ने परिस्थिति सिर्जना भयो ।
उनी माओवादीबाट उम्मेदवारी गराउन निर्वाचन अधिकृतको कार्यालय जाँदै थिए । बिहानसम्म माओवादीले कीर्तिपुर नगरपालिका वडा नं १ को उपनिर्वाचनका लागि अष्टमान महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसैले उनी आइतबार कीर्तिपुर अस्पताल नजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा टीका माला लगाएर उम्मेदवारी दर्ता गर्न निस्किए ।
उम्मेदवारी दर्ता गर्न आउँदै गर्दा बाटोमै उनलाई गठबन्धन गरेर १ नम्बर वडामा जसपालाई सघाउने कुरा भयो नजानु भन्ने खबर आयो । त्यसपछि महर्जन एकछिन घोत्लिए र आफू बागी नबन्ने भन्दै जसपाका सरल गोपाल महर्जनलाई सघाउने निर्णय लिए । पार्टीबाट गठबन्धन गर्ने निर्णय भएको छ । पार्टीको निर्णय मान्छु, बागी बन्दिनँ भनेर समर्थन गरे, उनले भने ।
माओवादीले जसपाका सरल महर्जनलाई सघाउने भएको छ । माओवादीको र्यालीमा सरल पनि मिसिएका थिए । अष्टमानले सरललाई शुभकामना दिए र सँगै फोटो पनि खिचाए । उनले पत्रकारसँग कुरा गर्दै आफू पार्टीको निर्णय मान्ने बताए । पार्टीले जसपासँग गठबन्धन गर्ने निर्णय गरेको छ, म बागी उम्मेदवारी दिन्न, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
पुष ८, २०८१ सोमबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार