भ्रष्टाचार मुद्दामा अदालतबाट सफाइ पाएको १८ दिनपछि योजना आयोगमा हाजिर भए बैकुण्ठ अर्याल
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १६:२१:१६
२ मंसिर, काठमाडौं । स्टिकर छपाइ खरिद प्रकरणको भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका तत्कालीन मुख्यसचिव डा. बैकुण्ठ अर्याल आइतबारदेखि कार्यालय हाजिर भएका छन् । उनले सरकारले योजना आयोगमा सिर्जना गरेको पदमा नै हाजिर गरेका छन् । आइतवार अर्यालले कार्यालय पुगेर हाजिर गरेका हुन् । यसअघि प्रधानमन्त्री कार्यालयले उनलाई रमाना पत्र दिएको थियो ।
सञ्चार सचिव रहँदाको निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहित ११ जना विरुद्ध गत ९ असारमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायरसँगै अर्याल स्वतः निलम्बनमा परेका थिए । यही १४ कात्तिकमा विशेष अदालतले अर्याल उपरको आरोप अस्वीकार गर्दै सफाइ दिने फैसला गरेको थियो । सफाइको फैसलापछि अर्यालको निलम्बन फुकुवा भएको थियो ।
अदालतबाट सफाइ पाएर निलम्बन फुकुवा भएको लामो समयपछि अर्यालले आयोग पुगेर हाजिर गरेका हुन् । मुद्दा दायरसँगै मुख्यसचिव पद स्वतः निलम्बनमा परेका अर्याललाई सरकारले राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत राजपत्रांकित विशिष्ट श्रेणी, मुख्यसचिव सरह पद सिर्जना गरी सरुवा गरेको थियो । अर्याललाई आयोगमा स्थानान्तरण गरेपछि रिक्त मुख्यसचिव पदमा सरकारले एकनारायण अर्याललाई ल्याएको हो ।
भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दरबन्दी कायम रहेको ठाउँमा अर्यालको रमाना पठाइदिएको थियो । तर, अर्याल लामो समय आयोग गएनन् । अदालतबाट सफाइको निर्णय भएको १८ दिनपछि उनी आयोगमा हाजिर भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो चौमासिकमा करिब १० प्रतिशत मात्रै विकास खर्च
मंसिर १, २०८१ शनिबार
अदालतको आदेश कार्यान्वयन नगर्न माग गर्दै प्रशासन सेवाका कर्मचारीले सुरु गरे आन्दोलन
कात्तिक २५, २०८१ आइतबार
ओली चीन र रेग्मी अमेरिकाको राजदुत नियुक्त
कात्तिक २५, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम् !
मंसिर २, २०८१ आइतबार
पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते
मंसिर २, २०८१ आइतबार
अब सम्झनामा मात्र रहे पूर्वसभामुख दमननाथ ढुंगाना, सोमबार अन्तिम संस्कार गरिने
मंसिर २, २०८१ आइतबार
पाकेको कोदो टिप्दै एक युवा
मंसिर २, २०८१ आइतबार