पाकिस्तानबाट दशकौँपछि समुद्रको बाटो बङ्गलादेशतर्फ सामानको सिधा ढुवानी
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १६:४४:२८
२ मंसिर, काठमाडौं । पाकिस्तानबाट बङ्गलादेशका लागि समुद्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ । मालबाहक पानीजहाजमार्फत् बङ्गलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार एएफपीसँग बताउँदै भने, “पाकिस्तानबाट बङ्गलादेशका लागि भएको यो दशकौंपछिको पहिलो ढुवानी हो।”
सन् १९७१ को युद्धपछि यी दुई देश विभाजित भएका थिए र त्यसपछि बङ्गलादेश पाकिस्तानको प्रतिद्वन्द्वी भारतसँग नजिक भएको थियो।
तर गत अगष्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि उहाँ नयाँदिल्लीमा शरण लिन पुगेकी थिइन्।
पनामाको ध्वजाबाहक युआन सियाङ फा झान नामक १८२ मिटर '५९७ फिट' लामो कन्टेनर जहाज पाकिस्तानको कराँचीबाट बङ्गलादेशको चटगाउँका लागि छुटेको र नोभेम्बर ११ मा सामान गन्तव्यमा पुगी झारिसकिएको चटगाउँ बन्दरगाहका उच्च अधिकारी ओमार फारुकले एएफपीसँग बताए ।
ढाकाका लागि पाकिस्तानका राजदूत सैयद अहमद मारुफले फेसबुकमा लेखेका छन्, “यो मार्गले दुवै तर्फका व्यवसायका लागि नयाँ अवसरलाई बढावा दिनेछ ।”
चटगाँउ बन्दरगाहका अधिकारीहरूका अनुसार जहाजले पाकिस्तान र संयुक्त अरब इमिरेट्स 'युएई' बाट सामानहरू ल्याएको थियो, जसमा बङ्गलादेशको प्रमुख गार्मेन्ट उद्योगका लागि कच्चा पदार्थ र आधारभूत खाद्य पदार्थहरू समावेश थिए।
गत सेप्टेम्बरमा बङ्गलादेशले पाकिस्तानी सामानको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको थियो । प्रतिबन्धले पहिले सामानको आगमनमा अनिवार्य भौतिक निरीक्षण अनिवार्य गरिएका कारण ढुवानीमा लामो ढिलाइ हुनेगरेको थियो ।
यसअघि, पाकिस्तानी सामानहरू बङ्गलादेश जानुअघि सामान्यतया श्रीलङ्का, मलेसिया वा सिङ्गापुरका फिडर जहाजहरूमा लोड गर्नुपथ्र्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
भारतीय प्रहरी र नक्सलवादी समूहबीचको झडपमा पाँच विद्रोहीको मृत्यु
मंसिर २, २०८१ आइतबार
भारतले गर्यो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार
दूर दराजबाट काठमाडौँमा अध्ययन गर्न आउने विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण
मंसिर २, २०८१ आइतबार
नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम् !
मंसिर २, २०८१ आइतबार
पृथ्वी राजमार्गको गोरेचौतारामा दुई वटा बस ठोक्किदा २९ जना घाइते
मंसिर २, २०८१ आइतबार