कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १६:४६:६
२ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि हातपात भएको छ । किर्तिपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले कार्यवाहक मेयरमाथि हातपात गरेको आरोप लगाइएको छ । उनले कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड गरेका छन् ।
नगरपालिकाका सम्पर्क शाखा अधिकृत सुजीन्द्र महजर्नले वडाध्यक्षले हातपात र तोडफोड गरेको जानकारी दिएका छन् । राजनीतिक कारण विवाद सिर्जना भएको थियो । वडाध्यक्ष मर्हजनले दिउँसो कार्यालय पुगेर कार्यवाहक मेयरमाथि हातपात गरेको बताइए पनि उनले भने आफूले हातपात नगरेको दाबी गरेका छन् ।
वडाध्यक्षहरूलाई समय नदिएको र कार्ययोजनामा छलफल गर्न बोलाएर कुराएको कारण विवाद भएको थियो । यही विवादमा महर्जन र शाक्यबीच मनमुटाव थियो । वडाध्यक्षहरूलाई बोलाएर धेरै कुराएको विषय लिएर महर्जन कार्यवाहक मेयर समक्ष गएका थिए । मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
कार्यवाहक मेयर शाक्यले वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतको समय नपाएपछि आफ्नो कार्यकक्षमा आएर तोडफोड गरेको बताएकी छन् । प्रमुख प्रशासकीय अधिकृतले विभागीय प्रमुखहरुको बैठक राख्नुभएको थियो । त्यही बेला ३ नम्बर वडाध्यक्षले वडाको विभिन्न मागहरुले लिएर नगरपालिका आउनुभएको थियो । त्यो बेला समय नपाएपछि उहाँ रिसाएर मेरो सचिवालयमा पस्नुभयो । मसहित अरु जनप्रतिनिधि सँगै थियौं । उहाँले प्रमुख प्रशासकीय अधिकृतले समय नदिएको भनेर रिसाउँदै टेबल फुटाउनु भयो, उनले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव हुने
पुष ४, २०८१ बिहिबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार