नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख झ्वाम् !
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार १८:८:३
२ मंसिर, काठमाडौं । फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ आबुखैरेनी गाउँपालिका वडा नम्बर ५ घर भएका रुद्रबहादुर गुरुङ रहेका छन्।
काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ हाइभिजनमा बस्दै आएका गुरुङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
गुरुङले एक युवतीलाई फेसबुकमा नक्कली आइडी बनाएर २७ लाख ८३ हजार २०० रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनका अनुसार गुरुङले आफू फ्रान्स र सिंगापुरको लाहुरे रहेको भन्दै ती युवतीसँग चिनजान गरेका थिए। लाहुरेको कमाई आकर्षक हुने भएकाले गण्डकी प्रदेशकी ती युवती लोभिइ हालिन्।
‘तिमीलाई मन पराउँछु, बिहे गरेर सिंगापुर लैजान्छु, सिंगापुर लैजानका लागि कागजातहरू बनाउनुपर्छ,’ गुरुङलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक आचार्यले भने, ‘त्यसबापत पैसा लाग्छ।’
गुरुङले ती युवतीलाई काठमाडौं र चितवनका विभिन्न स्थानमा बोलाएका थिए। आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी उनले चेक तथा नगद १६ लाख ८३ हजार ६०० असुले।
त्यस्तै, विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा इ-सेवा वालेटहरूमा १० लाख ९९ हजार ६०० रुपैयाँ जम्मा गर्न लगाए।
रकम असुलेपछि गुरुङ बेपत्ता भए। यसपछि युवतीका आफन्त प्रहरी कहाँ पुगेका थिए। जाहेरी परेपछि प्रहरीले गुरुङको खोजी गरिरहेको थियो।
उनलाई चन्द्रागिरिस्थित कोलोनीमा बसिरहेका बेला पक्राउ गरिएको आचार्यले बताए। गुरुङलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार