ज्ञान र योगका माध्यमबाट समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्छ : राष्ट्रपति पौडेल
नेपालबहस संवाददाता
मंसिर २, २०८१ आइतबार २०:०:२१
२ मङ्सिर, भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान र योगका माध्यमबाट व्यक्ति तथा समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा स्थापना भएको ब्रह्मकुमारी ज्ञान सरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले ब्रह्मकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य एवं सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
राष्ट्रपति पौडेलले भने, “नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको देश हो । पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता एवं ऐक्यबद्घता देख्न सकिन्छ । जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने विश्वास छ ।”
मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताए । उनले भने, “आज मानिस भौतिक विकासभित्र सुख र शान्तिका लागि भौंतारीरहनुको कारण पनि यहि हो । विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव र सहयोगको भावना खस्कदै गएको छ ।”
राष्ट्रपति पौडेलले नेपालमा करिब ६ दशकदेखि र विश्वमा ८७ वर्षदेखि शान्ति, सद्भाव र भाइचाराकोे उत्थानमा लागेको ब्रह्मकुमारी नेपालले मानवमात्रको चरित्र तथा कर्म उत्थान गर्ने पवित्र अभिप्रायले निर्माण गरेको सो ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरबाट सुखी र शान्त समाजको स्थापनामा सहयोग पुग्ने बताए । सो अवसरमा उनले भवन उद्घाटनसँगै शिलालेखसमेत अनावरण गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले मनलाई शान्ति र आनन्द बनाउन आवश्यक रहेको उल्लेख गर्दै मानिसको चञ्चल मनलाई संयमित बनाउन योग तथा ध्यान आवश्यक रहेको बताए । विश्व प्रतिस्पर्धात्मक होडबाजीमा लागिरहेको बेलामा शान्तिको सन्देश लिएर विश्वभर यस्ता अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । पिता गणेशमान र आमा मङ्गलादेवीका कारण आफू पनि ओम शान्तिमा जोडिने अवसर पाएको उपप्रधानमन्त्री सिंहले बताए ।
ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र नेपालका निर्देशक राजयोगिनी राजदादीजीले विश्वव्यापिरुपमा शान्ति, विश्वबन्धुत्व र एकताको सन्देश प्रवाह गरी एक सुखी र समृद्ध समाजको निर्माणमा केन्द्रले अभूतपूर्व भूमिका निर्वाह गरिरहेको बताइन् ।
केन्द्रका वरिष्ठ राजयोगी ब्रह्मकुमार तिलकबहादुर शाहीले १७ रोपनी जमिनमा दुई भवन, तपस्या धाम, शिव लिङ्ग, चार धाम, शान्ति स्तम्भलगायतका संरचनासहित एक सय जनालाई आवासीय सेवा दिन सक्ने गरी एकेडेमीको उद्घाटन गरिएको बताए ।
उनले डा नयनतारा उप्रेती परिवारले विद्यालय सञ्चालन गर्न जग्गासहित निर्माण गरेको भवन बह्म्रकुमारीमा साधक भएपछि यसतर्फ आकर्षित भएर एकेडेमी सञ्चालन गर्न करोडौं रुपैयाँको सम्पत्ति संस्थालाई दान दिएको जानकारी दिए । उनले यस क्षेत्रलाई ज्ञान एकेडेमी र मिनि बृन्दावनका रुपमा सञ्चालन गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार