मन्त्रिपरिषदको ढिलो निर्णय, कार्यालय पुगेर कर्मचारीले हाजिर गरेपछि थाहा पाए सार्वजनिक बिदा
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १०:४९:४७
३ मंसिर, काठमाडौं । सार्वजनिक बिदाबारे मन्त्रिपरिषदले ढिला निर्णय गर्दा देशभरका सेवाग्राही एवं कर्मचारीहरू कार्यालय पुगेर फर्किनु परको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गर्दा सबै कर्मचारी कार्यालय पुगिसकेका थिए । ढिलो गरी निर्णय हुँदा कर्मचारी र सेवाग्राहीले सास्ती भोगे ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । ढुंगानाको आइतबार दिउँसो निधन भएको थियो । सरकारले ढिलो गरी निर्णय गर्दा कर्मचारी र सर्वसाधरणले दुःख पाएका छन् । बिहान ९.३० बजे कार्यालय पुगेका कर्मचारीले १० बजेपछि मात्र सार्वजनिक विदाको सूचना पाए । सरकारको निर्णय सार्वजनिक हुँदै गर्दा प्रायः कर्मचारी तथा सेवाग्राहीहरु कार्यालय पुगिसकेका थिए ।
राहदानी विभाग, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालयहरूमा नौ बजेदेखि नै सेवाग्राहीहरुको भीड लाग्ने गर्दछ । तर, ९ बजेपछि मात्र सरकारले सार्वजनिक बिदाको निर्णय गरेको थियो । त्यो निर्णय सबैतिर पुग्दा १० बजेभन्दा बढी भइसकेको थियो । । जसकारण कतिपय कर्मचारी बाटैबाट त कतिपय कार्यालय पुगेपछि फर्किएका छन् ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भने हतार नगरी एक घण्टा अगाडि नै सार्वजनिक बिदा दिने निर्णय गरेको बताए । सरकारले सही दिन र सही समयमा निर्णय गरेको उनको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार