चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार ११:६:६
३ मंसिर, काठमाडौं । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । उनलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सुन तस्करी नेटवर्कमा रहेको भनिएका लामा चेक बाउन्स मुद्दाका आरोपित हुन् ।
काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका सत्यमान सुन तस्करी प्रकरणमा जोडिएका दावा लामाका सहयोगी भएको बताइएको छ । उनीमाथि बुद्ध चित्त र रक्त चन्दन व्यापारको पनि अभियोग छ । लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । त्यस यता उनी फरार जस्तै थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने महिला सम्मानित
पुष ७, २०८१ आइतबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार