कास्की र रुपन्देहीपछि काठमाडौं फर्कियो सहकारीको अनुसन्धानः रम्तेलको बयान सुरु, रवि र छवि पनि ल्याइँदै
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १२:३:४
३ मंसिर, काठमाडौं । सरकारी ठगी प्रकरणको अनुसन्धानलाई प्रहरीले काठमाडौं केन्द्रित गर्न लागेको छ । रुपन्देही र कास्कीमा रहेका सहकारीको रकम अपचलन बारे अहिले अनुसन्धान जारी छ । सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ परेकाहरूको बयान चलिरहे पनि कास्की हिरासतमा रहेका रवि लामिछानेको काठमाडौंबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन बारे अनुसन्धान गर्न प्रहरीले कास्कीमा थुनामा रहेका कुमार रम्तेललाई काठमाडौं ल्याएर बयान लिन सुरु गरेको छ । सूर्यदर्शन सहकारीको कोषाध्यक्ष रम्तेल बचतकर्ताको रकम अपचलनमा संलग्न आरोपमा जिल्ला कारागार कास्कीमा थुनामा थिए । उनलाई स्वर्णलक्ष्मीको रकम अपचलन बारे अनुसन्धान गर्न काठमाडौँ ल्याएको ल्याइएको हो ।
कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि यही प्रकरणमा काठमाडौं ल्याउन लागिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । यसमा रवि लामिछाने पनि परेका छन् ।
रम्तेल जीबी राईको आर्थिक हेर्ने मुख्य व्यक्ति हुन । उनी गोरखा मिडिया नेटवर्कमा पनि शेयर होल्डर थिए । कार्तिक २८ मा काठमाडौँ ल्याएर प्रहरीले उनीसँग बयान लिइरहेको छ । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएका हुन् ।
लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौँ प्रहरीले कमल लामा र सुनिता नेवालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित करिब दुई दर्जनविरुद्ध पक्राउ पुर्जी आएको छ । सहकारी ठगी मुद्दामा लामिछानेसहित २२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई रुपन्देही लगेर बयान लिइएको थियो । पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उनलाई बुटवल लगेर बयान सकिएसँगै कास्की फर्काइएको थियो । अब उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गरिने
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बास्कुनामा सुन्तला टिप्दै
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार