पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १२:२:१७
३ मंसिर, काठमाडौं । ब्राजिलका सुपरस्टार फुटबलर नेइमार आफ्नो पुर्व क्लब सान्तोस फर्किने भएका छन् ।ब्राजिलका खेल पत्रकार सिएल मेर्लोले नेइमार र क्लब सान्तोससँग सहमति भइसकेको दाबि गर्दै अब अल हिलालसँग नेइमारको सम्झौता रद्ध गर्ने प्रक्रिया शुरु भएको दाबि गरेका छन् । मेर्लो ब्राजिलका फुटबलरको ट्रान्सफर सम्बन्धि रिपोर्ट गर्ने भरपर्दो पत्रकार मानिन्छन् ।
करिब एक बर्षको इन्जुरीपछि खेलमा फर्किएका नेइमार फेरी घाइते भएपछि अल हिलालले उनलाई किनारा गरेको थियो । अब अल हिलालले नेइमारसँगको सम्झौता जनवरीमा रद्द गर्ने विभिन्न रिपोर्टमा दाबि गरिएको छ । अल हिलालका लागि कुल ७ खेल खेलेका नेइमारले साउदी लिगमा भने केवल ३ खेल खेलेका छन् ।
अल हिलालले २०२३ मा नेइमारलाई फ्रेन्च क्लब पिएसजीबाट ९० मिलियन युरो तिरेर भित्र्याएको थियो । अल हिलालले नेइमारलाई बार्षिक करिब सय मिलियन युरो पारिश्रमिक दिने गर्दछ । नेइमार खेल्न नसक्ने भएपछि अल हिलालले आफ्नो ठुलो आर्थिक दायित्वबाट बच्न सम्झौता रद्द गर्ने प्रक्रियामा अगाडी बढेको बताइएको छ ।
सान्तोसले नेइमारसँगको सम्झौता ब्राजिलको सिरी बी का खेल सकिएपछि घोषणा गर्ने दाबि गरिएको छ । सिरी बी मा शिर्ष स्थानमा रहेको सान्तोसले आफ्नो यस सिजनको अन्तिम खेल नोभेम्बर २५ मा खेल्दै छ । गत सिजनमा सिरी बी मा रेलिगेट भएको सान्तोस यस सिजनमा भने सिरी ए मा बढुवा हुने निश्चित रहेको छ ।
नेइमारले २००९ मा सान्तोसका लागि डेभ्यु गरेका थिए । २०१३ मा बार्सिलोना जानु अघि नेइमारले सान्तोसका लागि २२५ खेलमा १३६ गोल गरेका थिए । सो अवधिमा नेइमारले सान्तोसमा तीन सिजन सिरी ए को उपाधि जितेका थिए भने एक सिजन उपविजेता बनेका थिए । त्यस्तै एक सिजन कोपा ब्राजिल र २०११ मा कोपा लिबरटाडोरेज जितेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
झापा कपः झापा ११ लाई पराजित गर्दै जागृति क्वार्टर फाइनलमा
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार