आन्तरिक ऋणका लागि १७ अर्बको ट्रेजरी बिल बिक्रीमा
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १२:६:५०
३ मंसिर, काठमाडौं । आन्तरिक ऋण प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबारका लागि १७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । जसमध्ये १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । साथै ५ अर्बको रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ 'फ्रेस' जारी गर्न लागेको हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको 'बढीमा एक वर्ष' स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ ।
यसैगरी, कार्यालयले २८ दिन, ९१ दिन र १८२ दिनको ट्रेजरी बिल जारी गर्न लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । जसअनुसार १८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको र यो ट्रेजरी २०८२ जेठ ६ गते परिपक्व हुने कार्यालयले जनाएको छ । यस्तै, २८ दिन र १८२ दिनको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
२८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस २ गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन ६ गते परिपक्व हुनेछ ।
बोलकबोलमा सोमबार 'आज' विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी जनाउनु पर्ने हुन्छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
व्यक्तिको हकमा रहेको ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाइने र सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागिता जनाउन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार