विमान कम्पनी बोइङ वित्तीय संकटमा, १७ हजार कर्मचारी हटाउँदै
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १२:१४:२९
३ मंसिर, काठमाडौं । बोइङले आफ्नो प्रोफेशनल एयरोस्पेस लेबर युनियनका ४०० भन्दा बढी सदस्यहरूलाई काम छोड्ने सूचना पठाएको छ।
वित्तीय संकट, नियामक चुनौती र ८ हप्ताको मेसिनिस्ट युनियन हडतालको सामना गरिरहेको बेला बोइङलले कर्मचारी कटौतीको यो सूचना पठाएको हो । प्रभावित कर्मचारीहरू जनवरीको मध्यसम्म तलबमा रहने जनाइएको छ ।
बोइङले अक्टोबरमा घोषणा गरेको थियो कि यसले आगामी महिनाहरूमा आफ्नो कार्यबलको १० प्रतिशत अर्थात् लगभग १७ हजार कर्मचारी कटौती गर्नेछ। सीईओ केली ओर्टबर्गले कर्मचारीहरूलाई भने कि कम्पनीले वित्तीय वास्तविकता प्रतिबिम्बित गर्न आफ्नो कार्यबल स्तर रिसेट गर्नुपर्ने भएकाले यसो गर्न लागिएको हो ।
सोसाइटी अफ प्रोफेशनल इन्जिनियरिङ एम्प्लॉइज इन एयरोस्पेस ९एसपीईईए युनियनका अनुसार बोइङको सो निर्णय लगत्तै ४३८ कर्मचारी प्रभावित हुन पुगेका छन । प्रभावित ४३८ कामदारहरू मध्ये प्रोफेशनल यूनिट एकाइका सदस्यहरू छन्, जसमा इन्जिनियरहरू र वैज्ञानिकहरू रहेका छन्।
यी बाहेक प्राविधिक इकाईका सदस्यहरू छन्, जसमा विश्लेषक, योजनाकार, प्राविधिक र दक्ष ट्रेड व्यक्तिहरू छन्। योग्य कर्मचारीहरूले तीन महिनाको लागि क्यारियर ट्रान्जिसन सेवाहरू र सब्सिडित स्वास्थ्य सेवा सुविधाहरू प्राप्त गर्नेछन्। स्थानीय च्याप्टरमा १७ हजार बोइङ कर्मचारीहरू छन्, अधिकतर वाशिंगटनमा रहेको कार्यालयमा कार्यरत छन भने केही केही ओरेगन, क्यालिफोर्निया र यूटामा रहेका उधोगमा कार्यरत थिए ।
गत जनवरीमा अलास्का एयरलाइन्सको बोइङ ७३७–९ म्याक्स उडानको आपतकालीन निकासको ढोका १६ हजार ३२ हजार फिटको उचाइमा फुटेर हावामा उडेको थियो । भर्जिनियाको अर्लिङ्गटनमा रहेको बोइङ यस घटनापछि आर्थिक र नियामक समस्यामा परेको छ । उत्पादन दर घटेको छ ।
बोइङले सन् २०१५ मा ७३७ म्याक्स विमान निर्माण गरेको थियो । संघीय उड्डयन प्राधिकरणले म्याक्स ७३७ लाई २०१७ मा उडान अनुमति दिएको थियो । त्यसयता यो संसारमा सबैभन्दा बढी प्रयोग हुने विमान बनेकोसमेत थियो । तर २०१८ मा यो विमान पहिलो पटक इन्डोनेसियाली एयरलाइन्स अन्तर्गत उडान गर्दा दुर्घटनाग्रस्त भयो। त्यतिबेला करिब १८९ जनाको मृत्यु भएको थियो ।
यसपछि मार्च २०१९ मा अर्को बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो । जसमा १५७ जनाको मृत्यु भएको थियो। तीन दिनपछि एफएएले यो विमानको उडानमा प्रतिबन्ध लगाएको थियो । २०२१ मा बोइङले अमेरिकी न्याय विभागलाई २.५ बिलियन डलर जरिवाना तिर्यो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द
मंसिर ३, २०८१ सोमबार
इरानका सर्वोच्च नेता खामेनीले दोस्रो छोरालाई उत्तराधिकारी बनाएको दाबी
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई अमेरिकाले दियो रूसमा लामो दुरीका हतियार प्रहार गर्ने अनुमति
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार
ढुंगानाले पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ: आयोग
मंसिर ३, २०८१ सोमबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता
मंसिर ३, २०८१ सोमबार
आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी
मंसिर ३, २०८१ सोमबार