अल्लु अर्जुनको फिल्म 'पुष्पा २: द रुल' को ट्रेलर सार्वजनिक
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १२:२१:४
३ मंसिर, काठमाडौं । यस बर्षको बहुप्रतिक्षित अल्लु अर्जुनको फिल्म ‘पुष्पा २: द रुल’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार भारतको विहारको पटनामा विशेष कार्यक्रम आयोजना गरेर फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर लन्च कार्यक्रममा फिल्मका प्रमुख कलाकार अल्लु अर्जुन र रश्मिका मन्डन्ना पटना पुगेका थिए ।
डिसेम्बर ५ मा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्मले रिलिज हुनुअघि नै उत्कृष्ट प्रि-कलेक्शन रेकर्ड बनाएको छ । मिडिया रिपोर्टका अनुसार फिल्मले रिलिजअघि नै ९ सय करोड कमाइसकेको छ ।
निर्माताले ‘पुष्पा २: द रुल’को डिजिटल र स्याटेलाइट राइट बेचेर ९ सय करोड कमाई गरिसकेको टाइम्स अफ इण्डियाले उल्लेख गरको छ । ५०० करोडको लागतमा बनेको ‘पुष्पा २: द रुल’ को थियट्रीकल राइट साढे ६ सय करोडमा बेचिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
फिल्ममा अल्लु अर्जुन अवतारलाई फ्यानहरुले निकै रुचाएका छन् । फिल्मलाई सुकुमारले निर्देशन गरेका हुन् भने फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्डन्ना, फहद फासिल, धनन्जय, राव रमेश, सुनील, अनसूया भारद्वाज, अजय घोष लगायतका कलाकारको भूमिका रहेको छ । फिल्म ‘पुष्पाः द राइज’को पहिलो भागले निकै सफलता पाएको थियो । अभिनेता अल्लु अर्जुन र फिल्मका संगीतकार देवी श्री प्रसादले यस फिल्मबाट नेशनल अवार्ड समेत पाएका थिए ।
फिल्म ५ डिसेम्बर, २०२४ मा तेलुगु, हिन्दी, तमिल, कन्नड, बंगाली र मलयालम भाषाहरूमा रिलिज हुने तयारीमा छ ।
https://www.youtube.com/watch?v=1kVK0MZlbI4
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार
झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच सहमति
मंसिर ३, २०८१ सोमबार