घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १३:२०:४८
३ मंसिर, काठमाडौं । नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा घोराही सिमेन्ट इन्डस्ट्री अग्रणी नाम हो । हालै घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन 'ढलाई मिक्स पी.पी.सी सिमेन्ट' बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक यस उद्योगले ल्याउनुको साथै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको ुढलाई मिक्स पी।पी।सी सिमेन्टु, जसले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको छ । यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ । जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउँछ ।
यस सिमेन्टले व्यक्तिगत घर निर्माणकर्तामा निर्माणमा उच्च गुणस्तरीय संरचनात्मक मजबुती र लगानीको अधिकतम प्रतिफल प्राप्त गर्ने विश्वास दिलाउँछ । गुणस्तरमा सम्झौता गर्नुपर्ने आर्थिक बाध्यता र निर्माण सम्बन्धी जानकारीको कमीलाई दृष्टिगत गर्दै घोराही सिमेन्ट इन्डस्ट्रीले यो सिमेन्टलाई बजारमा ल्याएको छ । 'ढलाइ मिक्स पी.पी.सी सिमेन्ट' मार्फत, घोराही सिमेन्ट इन्डस्ट्रीले व्यक्तिगत घर निर्माणकर्तालाई ओ।पी।सी सिमेन्टको मजबुतीका साथ, मुल्यमा कम्तिमा १० प्रतिशत कम दरमा उपलब्ध गराउँदै सपनाको घर निर्माण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।
यो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुनेछ, जसले ग्राहकलाई सहज पहुँच सुनिश्चित गर्दछ । ढलाइ मिक्स सिमेन्टको आगमनसँगै, घोराही सिमेन्ट इन्डस्ट्रीले नेपालको दिगो र नवप्रवर्तनशील निर्माण अभ्यासलाई अझ सशक्त समर्थन प्रदान गर्ने आफ्नो लक्ष्यलाई निरन्तरता दिएको छ । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्ना ग्राहक र राष्ट्रका लागि प्राविधिक तथा व्यावसायिक सेवामा उत्कृष्टता प्रदान गर्दै, निर्माण उद्योगमा उचित अभ्यासहरू स्थापना गर्नमा अनुसन्धान साझेदारको भूमिका निभाउने प्रतिबद्धता व्यक्त गर्दछ ।
घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा एसियाको सबैभन्दा ठूलो उपत्यकाको बीचमा रहेको कम्पनीको स्थापना सन् २००९ मा भएको हो । घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपिसी ५३ ग्रेड र ४३ ग्रेड, पिपिपी र सगरमाथा क्लिन्कर उत्पादन तथा विक्री वितरण गर्दै आएको छ । बलियो दूर दृष्टि र नेतृत्वका साथ कम्पनीले विगत डेढ दशकमा स्थानीय बजारमा आफ्नो बजार तीव्र रूपमा विस्तार गरेको छ र नेपाली निर्माण बजारमा आफूलाई प्रतिष्ठित कम्पनीको रूपमा स्थापित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा
मंसिर ३, २०८१ सोमबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार
औपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
आँखाको निःशुल्क शल्यक्रिया दुर्गम जिल्लाका नागरिकका लागि बरदान
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
मंसिर ३, २०८१ सोमबार
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन अग्निदहन’
मंसिर ३, २०८१ सोमबार
मंसिर १५ गते ‘टुर दी बाँके नेसनल पार्क’ को आयोजना
मंसिर ३, २०८१ सोमबार
विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
मंसिर ३, २०८१ सोमबार