विद्युत प्राधिकरणले काटेको बिलका आधारमा बक्यौता गणना गर्न सरकारले बनायो विज्ञ समिति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १३:५०:१९
३ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको मुख्य विवाद बनेको टीओडीका आधारमा बक्यौता गणना गर्न विज्ञ समिति बनाएको छ । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न सो विज्ञ समिति गठन गरिएको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. अरबिन्द मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई टीओडी मिटरका आधारमा पुनः गणना गरी जाँच गर्ने कार्यादेश दिइएको छ ।
उर्जा मन्त्रलयका अनुसार पुरानो बिल मिलेको रहेनछ भने त्यसलाई सच्याउने अधिकार पनि आयोगलाई दिइएको छ । समितिमा नेपाल विद्युत् प्राधिकरणका एक जना पूर्वकर्मचारी र एकजना चार्टर्ड एकाउन्टेन्ट समेत रहेका छन् । यो समितिले अध्ययन गरी प्रतिवेदन दिएपछि प्राधिकरण र उद्योगीबीचको बक्यौता विवाद समाधान हुने अपेक्षा मन्त्रालयले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
अब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
भारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार