ईरासँग सम्बन्ध सुधार्न थेरापी लिँदैआमिर खान
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १४:१५:५९
३ मंसिर, मुम्बई । वर्तमान विश्वमा मानिसहरु मनको शान्ति पाउनका लागि अनेक किसिमका थेरापी लिने गर्दछन् । तर सन् ९० को दशकका दिग्गज कलाकार आमिर खान भने फरक कारणका लागि यतिबेला नियमित थेरापी लिइरहेका छन् । उनको यो थेरापीमा छोरी इराले पनि साथ दिइरहेकी छन् ।
ओटीटी प्लेटफर्म नेटफ्लिक्सको पोडकास्टमा मानसिक स्वास्थ्यका विषयमा गरिएको कुराकानीमा आमिरले छोरी आइरासँगको सम्बन्धलाई मजबुद बनाउन आफू र आइराले थेरापी लिइरहेको बताएपछि सबैले उनीहरू प्रति चासो देखाएका छन् ।
आमिरले फ्यानसँगै सबैलाई अनिवार्य थेरापी लिन सल्लाह पनि दिएका छन् । म छोरी इरासँग संयुक्त थेरापी लिइरहेको छु । हाम्रो सम्बन्धमा जति पनि आपसी मुद्दा छन्, त्यसलाई समाधान गर्नका लागि काम गरिरहेको छु । पहिला म केही असहज थिएँ, तर अब मलाई थेरापी मानिसलाई कति आवश्यक छ भन्ने थाहा भइसकेको छ । म मानिसहरुलाई भन्न चाहन्छु कि थेरापिस्टसँग भेट गर्नका लागि कुनै पनि संकोच नमान्नुहोला । हामी कैयौं वर्षदेखि थेरापिस्ट कहाँ गइरहेका छौं । यो निकै शक्तिशाली र दमदार साबित भइहेको छ’, उनले भनेका छन् । इराले पनि आमाबाबुसँगको सम्बन्धलाई सन्तुलनमा राख्नका लागि थेरापी महत्वपूर्ण साबित भएको उल्लेख गरेकी छन् ।
कामको कुरा गर्दा आमिर ‘लाल सिंह चड्डा’ रिलिजको दुई वर्षसम्म अभिनयबाट टाढा छन् । तर आउने दिनमा उनी ‘गजनी २’, ‘सितारे जमिन पर’, ‘कुली’ र ‘लाहोर १९४७’मा देखिदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार