पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १४:१८:४५
३ मंसिर, मुम्बई । फिल्म ‘पुष्पा २’को ट्रेलर रिलिज हुनासाथ यसले तहल्का नै मच्चाइसकेको छ । फिल्मको संवाद ट्रेलर रिलिज भएको केही समयमा नै फ्यानको मुखमा झुण्डिएको छ । ट्रेलरमा रश्मिका मन्दाना, अल्लू अर्जुन र फहाद फासिलको शैलीलाई दर्शकले निकै मन पराएका छन् ।
फिल्मले चर्चा पाइरहँदा यो फिल्ममा अभिनय गर्ने कलाकारले कति पारिश्रमिक लिए भन्ने चासो जनमानसमा उत्तिकै छ । यहाँ फिल्मका कलाकारले लिएको पारिश्रमिकबारे उल्लेख गरिएको छ ।
‘पुष्पा २’मा फहाद फासिल विलेन भूमिकामा देखिँदैछन् । फिल्मको पहिलो भागमा उनले दर्शकबाट राम्रै माया पाएका थिए । उनले फिल्म ‘पुष्पा २’बाट ८ करोड पारिश्रमिक लिएका छन् ।
फिल्मकी नायिका रश्मिका मन्दानाले फिल्ममा श्रीवल्लीको भूमिका निभाएकी छन् । उनले फिल्ममा श्रीवल्ली बन्नका लागि १० करोड पारिश्रमिक लिएकी छन् ।
फिल्मका शीर्ष कलाकार अल्लू अर्जुनको पारिश्रमिक सर्वाधिक छ । उनले फिल्मकै लागि ३ सय करोड पारिश्रमिक लिएका छन् । यो पारिश्रमिकसँगै उनी बलिउडको सबैभन्दा महंगो अभिनेता बनेका छन् ।
उनले बलिउडका सलमान खान र शाहरुख खान जस्ता सुपरस्टारलाई पनि पारिश्रमिकको मामलामा पछि पारेका छन् ।
नायिका श्रीलीलाले ‘पुष्पा २’मा आइटम नृत्य गर्नका लागि करिब २ करोड रुपैयाँ लिएकी छन् । उनले ‘पुष्पा’मा आइटम नृत्य गरेकी सामन्थालाई ‘रिप्लेस’ गरेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार