प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १६:३०:३७
![](https://nepalbahas.prixacdn.net/media/albums/red-libnf-1536x901-1_iW9wLqTZAK_h1N2caLsMc.jpg)
३ मंसिर, काठमाडौं । सरकार तीन मन्त्रीहरुले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिजैविक प्रतिरोधका कारणले अहिले विश्वभरि करिब १२ लाख मानिसहरुको मुत्यु भइरहेको छ । सन् २०५० सम्ममा वर्षमा करिब ५० लाख मानिसको मृत्यु हुने आकलन गरिएको छ र सन् २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलरसम्मको आर्थिक भार थपिने आकलन गरिएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह, २०२४ का अवसरमा संयुक्त रुपमा शुभकामना सन्देश दिँदै प्रतिजैविक औषधिको न्यूनीकरणका लागि सबैलाई आग्रह गरेका छन् । यसबाट सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा बाधा पुग्न सक्ने देखिन्छ ।
उनीहरुले प्रतिजैविक प्रतिरोधका विषयमा सबै तहमा सचेतना, जागरण तथा पैरबी गर्न आवश्यक रहेको समेत बताएका छन् । यस वर्ष प्रतिजैविक प्रतिरोधसम्बन्धी विश्वस्तरीय दुई ठूला उच्चस्तरीय बैठकहरु ७९औँ संयुक्त राष्ट्रसंघ महासभा र ७७ औँ विश्व स्वास्थ्य सभामा नेपाल सरकारले जनाएको प्रतिबद्धता तथा विश्वव्यापी रुपमा सहमत लक्ष्यहरुको जवाफदेहिता तथा कार्यान्वयन महत्वपूर्ण अवसर भएकाले पनि यस वर्षको सचेतना सप्ताह विशेष रहेको उनीहरुको सन्देशमा भनिएको छ ।
सन्देशमा उनीहरुले नेपालजस्तो सङ्क्रामक रोगहरुको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपक्षी र बोटबिरुवाका सङ्क्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिको मुख्य भूमिका रहेको भन्दै विश्वव्यापी रुपमा वृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण बहुमूल्य प्रतिजैविक औषधिको क्षमता घट्न गई सङ्क्रामक रोगको प्रभावकारी उपचारमा चुनौती थपिएको बताए ।
यसरी बढिरहेको प्रतिजैविक प्रतिरोधको समस्या मानव स्वास्थ्य मात्र नभई अन्योन्याश्रित अन्तरसम्बन्ध रहेका पशुपक्षी तथा वातावरणीय स्वास्थ्यलाई समेत प्रत्यक्ष असर पारेको छ । त्यसैले यस समस्यासँग जुध्न एक स्वास्थ्य रणनीति २०७६ अनुसार अगाडि बढ्न आवश्यक छ । एन्टिबायोटिक लगायतका औषधिहरुको जिम्मेवारपूर्ण प्रयोगलाई प्रवद्र्धन गर्दै सङ्क्रमण रोकथाममा सुधार गर्न, प्रतिजैविक प्रतिरोधको निगरानीलाई निरन्तरता दिन तथा वैकल्पिक उपचार र रोकथामका उपायहरुको अनुसन्धान गर्ने कार्यलाई कार्यान्वयन गर्नुपर्दछ ।
सन्देशमा सरकारले एक स्वास्थ्य रणनीतिअनुरुप बहुपक्षीय संलग्नतामा प्रतिजैविक प्रतिरोध न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना विधिवत् रुपमा स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको उल्लेख गर्दै उच्चस्तरीय प्रतिबद्धताका साथ ल्याइएको यो कार्ययोजनाले एक स्वास्थ्य क्षेत्रका सरोकारवाला बीचको सहकार्यमा प्रतिजैविक प्रतिरोध न्यूनीकरणमा तथा दिगो विकास लक्ष्य हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
आजदेखि मङ्सिर ९ गतेसम्म ‘प्रतिजैविक प्रतिरोधः बुझाएँ, बुझाऔँ, आजैबाट रोकथाममा जुटौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरिन नेपालमा पनि मनाइँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँः मन्त्री पौडेल
मंसिर ४, २०८१ मंगलबार
माघ २३ गतेदेखि पाठेघरको क्यान्सरविरुद्ध १७ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २९, २०८१ बिहिबार
दुखाई कम गर्न खाएको पेनकिलरले झन बढाउँछ दुःख
कात्तिक १६, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहित छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार
पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट खस्दा ५ जना घाइते
पुष ४, २०८१ बिहिबार