अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १६:४५:४६
३ मंसिर, काठमाडौं । लोक सेवा आयोगले इन्जिनियरिङ सेवातर्फको ४९ उपसचिव पदमा बढुवाको सूचना तथा विज्ञापन स्थगित गरेको छ । सोमबार सूचना जारी गर्दै आयोगले कर्मचारी बढुवा गर्न गत ३० असोजमा प्रकाशित सूचना रद्ध गरेको जनाएको छ । उच्च अदालत पाटनमा सो सूचना विरुद्ध परेको रिटमा १४ कात्तिकमा अन्तरिम आदेश जारी भएको थियो ।
ऊर्जा मन्त्रालय अन्तरगतका कर्मचारीहरु यो सूचना भेदभावपूर्ण भएको भन्दै अदालत गएका थिए । उनीहरुको मागअनुसार नै अदालतले अन्तरिम आदेश जारी गरेको थियो । यसअनुसार नेपाल इञ्जिनियरिङ सेवाका राज पत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका बढुवा सूचना र आन्तरिक प्रतिस्पर्धातर्फका विज्ञापनको दरखास्त संकलन समेत रोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती विधेयक छलफलः ‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔं’
पुष ४, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
भैरहवालाई सुरक्षित बनाउन ‘एएनपिआर’ जडान
पुष ११, २०८१ बिहिबार
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
पुष ११, २०८१ बिहिबार