युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार १९:३३:३३
३ मङ्सिर, काठमाडौं । जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई लामो दुरीको मिसाइल नदिने निर्णय गरेका छन् । जर्मन सरकारका प्रवक्ताले आफ्नो देश युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध नगर्ने निर्णयमा अडिग रहने बताएका छन् ।
जर्मन सरकारका प्रवक्ताले अमेरिकाले युक्रेनलाई रुसलाई लामो दुरीको मिसाइल आक्रमण गर्न अनुमति दिएपनि जर्मनीको आफ्नो नीति परिवर्तन नभएको स्पष्ट गरेका छन् । युक्रेनलाई सैन्य सहायता दिनेमा अमेरिकापछि जर्मनी दोस्रो ठूलो देश हो तर जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले युक्रेनलाई जर्मन निर्मित लामो दुरीको टोरस मिसाइल नदिने निर्णय गरेका छन् ।
गत हप्ता, जर्मन चान्सलर ओलाफ स्कोल्ट्जको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । जसलाई युक्रेनले आपत्ति जनाएको थियो । अर्कोतर्फ अमेरिकाले आफ्नो पुरानो नीतिलाई परिवर्तन गर्दै युक्रेनलाई आफूले दिएका लामो दूरीमा प्रहार गर्ने मिसाइल प्रयोग गर्ने अनुमति दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीजेपीमा गए आम आदमी छोडेका गहलोत
मंसिर ३, २०८१ सोमबार
रूसमा लामो दूरीका अमेरिकी क्षेप्यास्त्र प्रयोग गर्न बाइडेनको स्वीकृति
मंसिर ३, २०८१ सोमबार
प्रदूषणका कारण भारतको राजधानीमा विद्यालयहरू बन्द
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार