हरिणी अमरसूर्या श्रीलंकाको प्रधानमन्त्रीमा पुन नियुक्त
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार ११:११:२१
४ मंसिर, काठमाडौं । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्यालाई नियुक्त गरिएको छ । यो पदमा पुग्ने उनी श्रीलंकाकी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री बनेकी थिइन् ।
प्रधानमन्त्री बनेकी हरिणी अमरसूर्याले सन् १९९१ देखि १९९४ सम्म दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा अध्ययन गरेकी थिइन् । उनी ५ वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेका थिए ।
श्रीलंकामा १४ नोभेम्बरमा संसदीय निर्वाचन भएको थियो । जसमा सभापति अनुराकुमार दिसानायकेको गठबन्धन नेकपा विजयी भएको थियो । सरकारले सोमबार नयाँ मन्त्रिपरिषद् गठन गरेको छ ।
राष्ट्रपति सचिवालयमा राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रिपरिषद्का सदस्यहरुलाई सपथ गराएकी हुन् । यस मन्त्रिपरिषद्मा राष्ट्रपतिसहित २२ सदस्य छन् । मन्त्रिपरिषद्मा २ महिला र २ तमिल सांसद पनि परेका छन् । श्रीलंकाको संविधानअनुसार क्याबिनेट मन्त्रीको संख्या ३० र उपमन्त्रीको संख्या ४० भन्दा बढी हुन पाइँदैन । दिसानायकेले सरकारको खर्च घटाउन मन्त्रिपरिषद् सानो राखेका छन् ।
अमरसूर्या श्रीलंकामा प्रधानमन्त्री हुने तेस्रो महिला हुन् । उनीअघि सिरीमाओ बन्दरनायके (३ पटक) र चन्द्रिका कुमारतुंगा ९१ पटक० देशका महिला प्रधानमन्त्री भइसकेका छन् । सन् २०२० मा हरिणी अमरसूर्या पहिलो पटक सांसद बनेकी थिइन् ।राजनीतिमा आउनुअघि अमरसूर्या श्रीलंका ओपन युनिभर्सिटीमा प्राध्यापक थिइन् ।
अमरसूर्याको जन्म मध्यम वर्गीय परिवारमा भएको थियो । उनका बुबा चिया बगानका मालिक थिए । सन् १९७२ मा श्रीलंकामा भूमि सुधार ऐन लागू भयो। यसमा अमरसूर्याका बुवाको चिया बगान सरकारले कब्जा गरेको थियो । त्यसपछि उनी गालेबाट कोलम्बो आएर बसे ।
सन् १९८८-८९ मा श्रीलंकामा तमिल आन्दोलनका कारण स्थिति हिंसात्मक बनेको थियो । यस अवधिमा विद्यालय र कलेजहरू बन्द थिए । यस्तो अवस्थामा हरिणी अमरसूर्या थप अध्ययनका लागि भारत आइन् । यहाँ उनले दिल्ली विश्वविद्यालयको हिन्दू कलेजमा भर्ना भएकी थिइन् । १९९१ देखि १९९४ सम्म उनले समाजशास्त्र अध्ययन गरेकी थिइन् ।
भारतबाट फर्केपछि, अमरसूर्याले स्वास्थ्यसँग सम्बन्धित एनजीओमा सामेल भइन्, जहाँ उनले सुनामीबाट प्रभावित बालबालिकालाई सहयोग गरे। केही वर्षपछि उनी पीएचडी पढ्न अष्ट्रेलिया गइन् । त्यहाँबाट फर्किएपछि उनी २०११ मा कलेजमा प्रोफेसर भइन् ।
अमरसूर्याले सन् २०१५ मा सरकारविरुद्धको आन्दोलनमा भाग लिएकी थिइन् । यही क्रममा उनी दिसानायकेसँग सम्पर्कमा आइन् । उनी सन् २०१९ मा आफ्नो पार्टी जनता विमुक्ति पेरामुनामा सामेल भइन् । सन् २०२० मा संसदीय चुनाव जितेर उनी पहिलो पटक सांसद बनेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
ट्रम्पको कार्यकाल छल्न चाहनेका लागि क्रुज कम्पनीले ल्यायो चार बर्षे टूर प्याकेज
मंसिर ४, २०८१ मंगलबार
हङकङमा ४७ प्रजातन्त्र समर्थक कार्यकर्तालाई जेल सजाय
मंसिर ४, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
मेडिकाल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
चुनढुंगा उत्खननमा उद्योगीहरुको बदमासी, मुरारका ४ लाख तिरेर छुटे, अरु अनुसन्धानमा
मंसिर ४, २०८१ मंगलबार
चिर्पट प्रहार गरेर श्रीमानको हत्या
मंसिर ४, २०८१ मंगलबार
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु
मंसिर ४, २०८१ मंगलबार
रुसको प्रतिक्रिया- अमेरिकाले युक्रेनलाई उक्सायो, हामी आवश्यक कदम चाल्छौँ
मंसिर ४, २०८१ मंगलबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार