पर्साका सीडीओ अर्याललाई जिम्मेवारीमुक्त गर्न चिकित्सक संघले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

आबिद हुसेन
मंसिर ४, २०८१ मंगलबार १२:४:३

४ मंसिर, वीरगञ्ज । नेपाल चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको विवादास्पद अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। संघले सीडीओ अर्याललाई जिम्मेवारी मुक्त गर्न र कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको हाे।
ज्ञापनपत्रमा संघका अध्यक्ष डा. अनिल विक्रम कार्की र महासचिव डा. सञ्जीव तिवारीले हस्ताक्षर गरेका छन्। संघले सीडीओ अर्यालको अभिव्यक्तिलाई कानुन पालना गर्ने जिम्मेवार पदाधिकारीको भूमिकासँग मेल नखाने, उत्तेजना फैलाउने र स्वास्थ्यकर्मीमाथि आक्रमण प्रोत्साहित गर्ने किसिमको दाबी गरेको छ।
विवादास्पद अभिव्यक्ति :
कार्तिक ३० गते वीरगञ्जमा आयोजित उपभोक्ता हित संरक्षण मञ्च नेपालको वार्षिकोत्सव कार्यक्रममा सीडीओ अर्यालले बुटवलको आम्दा अस्पतालमा झन्डै १० महिना अगाडि भएको घटनाको प्रसङ्ग उल्लेख गर्दै विवादास्पद भनाइ दिएका थिए। सार्वजनिक भिडियोमा उनले “म बिरामीको पक्षमा भएको भए अस्पतालमा तोडफोड मात्र नगरी आगो लगाई दिन्थेँ” भन्ने टिप्पणी गरेको देखिएको छ।
स्वास्थ्यकर्मीको मनोबलमाथि असर पर्ने संघको दाबी :
नेपाल चिकित्सक संघले यो टिप्पणीलाई राष्ट्रसेवकको भूमिकासँग बाझिएको र कानुन पालना गर्न बाधा पुर्याउने भनेको छ। संघले यस्ता अभिव्यक्तिले स्वास्थ्यकर्मीको मनोबल गिराउने मात्र नभई समग्र स्वास्थ्य क्षेत्रमा नकारात्मक प्रभाव पर्ने उल्लेख गरेको छ।
संघका उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक डा.निरज कुमार सिंहले सीडीओ अर्यालको भनाइको कडा विरोध जनाउँदै भने, “रक्षक नै भक्षकको भूमिकामा देखिएपछि चिकित्सकहरू निर्धक्क भएर सेवा दिन सक्दैनन्। यस्तो प्रवृत्ति तत्काल रोक्न आवश्यक छ।”
यस विषयमा सीडीओ गणेश अर्यालले आफ्नो भनाइलाई गलत ढंगले व्याख्या गरिएको दाबी गरेका छन्। उनले भने, “मैले आम उपभोक्ताको आक्रोश बुझाउने सन्दर्भमा बोलेको कुरा हेरफेर गरी गलत अर्थमा प्रस्तुत गरिएको छ।” उनले आफू चिकित्सकप्रति पूर्ण सम्मान राख्ने व्यक्ति भएको र सही ढंगले कार्य गर्ने स्वास्थ्यकर्मीहरूको पक्षमा सधैँ उभिने जनाएका छन्। तर नेपाल चिकित्सक संघले सिडिओ अर्याललाई जिम्मेवारीमुक्त गरेर कारबाही नगरे थप सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएको छ। संघले गृह मन्त्री लेखकसँग यस्ता घटनाले स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने गम्भीर चुनौतीहरूको समाधानका लागि कडा कदम चाल्न माग गरेको छ।
संघले स्वास्थ्यकर्मीमाथिको आक्रमण र हिंसाका घटनाहरू रोक्नका लागि कानुनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याएको छ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपपठनपाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विद्यार्थीद्वारा विरोध
फागुन १४, २०८१ बुधबार
वरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
युएसएआईडीका कामदारहरूलाई आफ्नो कार्यस्थल दुई दिन भित्र खाली गर्न ट्रम्प प्रशासनको निर्देशन
फागुन १५, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलबाट ३ केजी ७७५ ग्राम सुनसहित चार जना विदेशी नागरिक पक्राउ
फागुन १५, २०८१ बिहिबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार
आज फागुन शुक्ल प्रतिपदा: ग्याल्पो ल्होसार मनाइँदै
फागुन १५, २०८१ शुक्रबार
शुक्रबार बिहानै काठमाडौंमा ६.१ म्याग्निच्यूडको भूकम्प
फागुन १५, २०८१ शुक्रबार
काठमाडौंको सुकेधारामा फोहरले पुरेको अवस्थामा शव फेला, हत्याको आशंका
फागुन १५, २०८१ बिहिबार
सिन्धुलीमा गोली लागेर एक जनाको मृत्यु, दुई पक्राउ
फागुन १५, २०८१ बिहिबार
अफगानिस्तानमा ५० लाखभन्दा बढी मानिस विस्थापित
फागुन १५, २०८१ बिहिबार
महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु
फागुन १५, २०८१ बिहिबार