तीन महिनाको रेमिट्यान्स ४ खर्ब ७ अर्ब, असोजमा मात्रै आयो १ खर्ब ४४ अर्ब
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार १४:५:१
४ मंसिर, काठमाडौं । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । ०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । यस वर्षको तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशीले नेपाल आएर १७ अर्ब ७२ करोड खर्च गर्दा नेपालीले विदेशमा सके ५५ अर्ब ७८ करोड
मंसिर ४, २०८१ मंगलबार
राष्ट्र बैंकको दावीः औसत मूल्यवृद्धि ४.८२ प्रतिशत, तलब र ज्याला ३.३६ प्रतिशतले बढ्यो
मंसिर ४, २०८१ मंगलबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
विदेशीले नेपाल आएर १७ अर्ब ७२ करोड खर्च गर्दा नेपालीले विदेशमा सके ५५ अर्ब ७८ करोड
मंसिर ४, २०८१ मंगलबार
भारत र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
रौतहटमा तार सर्ट हुदा आगलागी, दुई घर जलेर नष्ट
मंसिर ४, २०८१ मंगलबार
मंगलबार ५१.११ अंकले घटेर २७०२ विन्दुमा रोकियो नेप्से, सबै सेक्टरका सूचक घटे
मंसिर ४, २०८१ मंगलबार
चिनियाँ र पाकिस्तानी सेनाले आतङ्कवाद विरोधी संयुक्त अभ्यास गर्ने
मंसिर ४, २०८१ मंगलबार
शारीरिक सुगठनमा विजयी खेलाडी प्रधानमन्त्रीबाट सम्मानित
मंसिर ४, २०८१ मंगलबार