चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार १९:६:३०
४ मंसिर, काठमाडौं । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ ।
बक्स अफिसमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला फिल्म ‘ह्रस्व दीर्घ’ ले चार दिनमा ३ करोड ६५ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।
फिल्मले शुक्रबार ८० लाख कमाई गरेको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको बताइएको छ । त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ ।
फिल्मप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावत ९गजनी भिलेन० लाई काठमाडौं बोलाएको छ । उनी नेपाल आएर हलमा दर्शकहरुसँग अन्तरक्रिया शुरु गरेका छन् । फिल्ममा उनी नीताको बुबाको भूमिकामा छन् । उनी एक साता नेपाल रहने र हलमा पुगेर दर्शकसँग भेट गर्ने कार्यक्रम रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । यस फिल्मको निर्माण लागत ६ करोड रहेकोले नाफा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा
पुष ४, २०८१ बिहिबार
पुसमा दुई स्वदेशी चलचित्र प्रदर्शन हुने
मंसिर ३०, २०८१ आइतबार
‘फिरफिरे फिरिरी' माघ ४ गतेबाट प्रदर्शनमा आउने
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार