भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार २२:१८:४४
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल आउँदैछन् । मंसिर ५ गते अर्थात बुधबार उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाँदै छन् । यसअधि भारतीय सीमा सुरक्षा बलका महानिर्देशक अमृत मोहन प्रसाद आएर फर्किसकेका छन् । नेपालका सुरक्षा अंगका प्रमुखहरूले भारतीय सुरक्षा अंगका प्रमुखहरूको नेपाल भ्रमणलाई नियमित भनेका छन् ।
तर प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएपछि हुन लागेको उनीहरूको यो भ्रमणलाई नेपालसँग भारतको सम्बन्ध थप सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देशका रूपमा लिइएको छ । उनको भ्रमणको बेला जंगी अड्डामा भारतीय सेनाको ‘अग्निपथ’ बारे छलफल हुने बताइएको छ । तर यसबारे रक्षा मन्त्रालय, नेपाली सेनाले केही बताउन चाहेको छैन । भारतका तत्कालीन रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए । यस योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने योजना हो । सेनामा भर्ती भएकाहरूलाई ‘अग्निवीर’ भनिने छ । यसबारे नेपालका ठूलै विवाद भएको थियो ।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आउने भएपछि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको ‘संयुक्त अपरेसन सेल’ गठन गरेर सुरक्षा निगरानी बढाइने भएको छ । ‘उहाँको भ्रमणलाई सेनाले उच्च महत्व दिएको छ, भ्रमणका बेला विरोध उत्पन्न हुन सक्ने भएकाले त्यसलाई ध्यानमा राखेर संयुक्त अपरेसन सेल बनाउन लागिएको हो’, नेपाली सेनाका एक उच्च अधिकारीले भने ।
भारत सरकारले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिएको विषयमा कूटनीतिक क्षेत्रमा विभिन्न आशंकासहितका टिप्पणी भइरहेका बेला हुन लागेको स्थल सेनाध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक सन्देश दिने बताइएको छ। ओली सरकारले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छ ।
नेपाल भ्रमणका क्रममा भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई शीतल निवासमा हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको पदवी दिने कार्यक्रम छ। भारतीय सेना प्रमुख नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्न नेपाल आउन लागेको नेपाली सेना निकट स्रोतले जनाएको छ । यो परम्परा दुवै देशबीच कायम छ । द्विवेदीको नेपाल भ्रमणका क्रममा सहयोग आदान–प्रदानबारे पनि छलफल हुने सैनिक स्रोतले जानकारी दिएको छ । द्विवेदी ३० जुन २०२४ मा भारतीय स्थल सेनाप्रमुख नियुक्त भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार