पाँच लाख नगदसहित २१ जुवाडे पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार २३:०:५८
४ मंसिर, काठमाडौं । प्रहरीले जुवा खेल्दै गरेका २१ जनालाई रु पाँच लाख ६२ हजार तीन सय ५० रकमसहित पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ बाक्सिला–२ घर भई काठमाडौँ बुढानिलकण्ठ–११ बस्ने ४० वर्षीय मनिराज अधिकारी, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ बस्ने ७८ वर्षीय नृपलाल बराल, सिन्धुपाल्चोक ईन्द्रावती–५ घर भई हाल गोकर्णेश्वर बस्ने ५० वर्षीया कुमारी तामाङ, काभ्रेपलाञ्चोक नमोबुद्ध–४ का २८ वर्षीय अनुषा लामा छन् ।
साथै बुढानिलकण्ठ–११ का ३५ वर्षीय सन्तोष गुरुङ, सोही ठाउँका ३१ वर्षीय उज्वल तामाङ, काभ्रेपलाञ्चोक खानिखोला–४ बस्ने ३६ वर्षीय चेतकुमार थोकर, सिन्धुपाल्चोक हेलम्बु–३ का ५० वर्षीय ईन्द्रबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी काभ्रेपलाञ्चोक पनौती–१२ का ४० वर्षीय शेर्पा लामा, नुवाकोट तादी–४ घर भई तारकेश्वर नगरपालिका बस्ने २६ वर्षीय सुवास आचार्य रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
यसैगरी सिन्धुपाल्चोक ईन्द्रावती–६ घर ३६ वर्षीय रमेश तामाङ, बुढानिलकण्ठ–११ का २५ वर्षीय अनन्त खड्का, सोही ठाउँका ३७ वर्षीय नन्दन थापा, ६८ वर्षीय चन्द्र धिताल, ६५ वर्षीय भोजबहादुर थापा, ओखलढुङा खिजिदेम्बा–५ का ४३ वर्षीय लालकाजी बिक, सिन्धुपाल्चोक मेलम्ची–४ का ४३ वर्षीय प्रदीप तामाङ, दोलखा शैलुङ–८ का ३५ वर्षीय रोशन तामाङ, प्युठान मल्लरानी–५ का ३८ वर्षीय वीरबहादुर पुन, बुढानिलकण्ठ–११ लसुनडाँडा बस्ने ३० वर्षीय रन्जित थापा मगर तथा बुढानिलकण्ठ–११ कपन बस्ने २० वर्षीय प्रशान्त लामा रहेका छन् ।
काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ लसुनडाँडास्थित सार्वजनिक स्थानमा बाजी थापी ओखरको माध्यमबाट जुवा खेली रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी उपरीक्षक आचार्यले बताए ।
उनीहरुलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्धमा पठाइएको काठमाडौँं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
टर्कीएमा हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
हाईफाई र छटपटेभन्दा मौलिक कथामार्फत चलचित्रमा देखिँदै आएका दयाहाङ !
पुष ७, २०८१ आइतबार
रुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
पुष ७, २०८१ आइतबार