एसपी थापालाई बाहिर राखेर भैँसेपाटी प्रकरणमा ६ जनालाई मुद्दा चलाउन सीआईबीको सिफारिस
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार ११:१५:१७
५ मंसिर, काठमाडौं । भैँसेपाटी प्रहरी प्रभागकी इन्स्पेक्टर बिनुकमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबीले सिफारिस गरेको छ । प्रहरीकै मिलेमतोमा व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाउने भन्दै पैसा असुलिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरमा बुझाएको हो ।
फरार रहेकी इन्स्पेक्टर बिनुकमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सीआइबीले प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालयमा बुझाएको हो । पक्राउ परेका चार र दुई फरारको घटनामा संलग्नता देखिएको भन्दै उनीहरूमाथि संगठित अपराध र आपराधिक लाभ मुद्दा चल्न लागेको हो ।
प्रहरीले सो घटनामा संलग्न इटहरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापा तथा प्रहरी प्रभाग भैँसेपाटीका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरेको छ । इन्स्पेक्टर शाहीसहित इटहरीका दर्शन पोखरेललाई फरार प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ ।
गिरोहसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापाको बयान लिए पनि प्रमाण नपुगेको भन्दै उनीविरुद्ध भने मुद्दा नचलाउन सिआइबीको सिफारिस छ । गत ७ असोजमा प्रहरी प्रभाग भैँसेपाटीमा इटहरीका एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो । इटहरीकै सुष्मा विकसँग ती व्यापारी केही महिनाअघि इलाम घुम्न गएका थिए । तिनै युवतीलाई कुटपिटको उजुरी हाल्न लगाई बलात्कार मुद्दा चलाउने भन्दै प्रहरी कार्यालयमै बार्गेनिङ भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण
मंसिर १, २०८१ शनिबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनीतिमा बाइडेन, २७५ मिलियनको हतियार दिँदै
मंसिर ५, २०८१ बुधबार
तार र पोल रहित न्यूरोडको शुक्रपथ ( फोटो फिचर )
मंसिर ५, २०८१ बुधबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
मंसिर ५, २०८१ बुधबार
स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो
मंसिर ५, २०८१ बुधबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार