एमाले नेता ऐन महरले आफूलाई हनी ट्रयापमा पारेको भन्दै जाहेरी दिएकी युवती अदालतबाटै पक्राउ
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार १२:३१:५०
५ मंसिर, काठमाडौं । एमालेका युवा नेता ऐन महरको जाहेरीमा बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ परेकी छन् । उनलाई उच्च अदालत पाटनबाट बुधबार प्रहरीले पक्राउ गरेको हो । उनले प्रहरीलाई देख्नासाथ अदालत परिसरमै विष सेवन गरेकी थिइन् । यसपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनकको भेट भएको थियो । प्रहरीलाई देखेपछि उनले आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको र पक्राउ गरी उनलाई उपचारका लागि पुल्चोकस्थित अल्का अस्पताल लगिएको छ ।
उनीमाथि आपराधिक लाभ लिन खोजेको कसूरको आरोप छ । महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै काठमाडौं प्रहरीमा दिएको जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतबाट वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई प्रहरीले खोजिरहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्युजील्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ५, २०८१ बुधबार
विभिन्न हातहतियारसहित दुई जना पक्राउ
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ‘अग्निपथ’बारे छलफल हुँदै !
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
सिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता
मंसिर ५, २०८१ बुधबार
एनपिएलमा सहभागी सुदूरपश्चिम रोयल्सलाई टेलिकमले सहयोग गर्ने
मंसिर ५, २०८१ बुधबार
न्युजील्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ५, २०८१ बुधबार