काँसघारीलाई फाँडेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान बनाइँदै
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार १४:५४:५१
५ मंसिर, झापा । जिल्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदानका लागि तीव्र गतिमा काम भइरहेको छ । मेची बहुमुखी क्याम्पस भद्रपुरकोे जग्गा २५ वर्षका लागि भाडामा लिएर भद्रपुर क्रिकेट क्लबले खेलमैदान बनाउने कामलाई अगाडि बढाइएको हो ।
क्याम्पस परिसरमा रहेको काँसघारीलाई फाँडेर खेलमैदान सम्याउने काम भइरहेको भद्रपुर नगरपालिका–८ का वडाध्यक्ष मनोज सुब्बाले बताए । उनले यो जिल्लाकै पहिलो र कोशी प्रदेशको दोस्रो क्रिकेट रङ्गशाला हुने बताए । “जिल्लामा अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त क्रिकेट खेलाडी धेरै छन् तर मैदान छैन”, उनले भने, “क्रिकेट खेलप्रति युवाहरुको क्रेज बढिरहेको छ, यसलाई मध्यनजर गरेर यहाँका उद्यमी, व्यवसायी र खेलप्रेमी महानुभावका साथ सहयोग लिएर मैदान धमाधम बनाइरहेका छौँ ।”
उनले खेलमैदान बनाउनका लागि वडाबाट गत वर्ष रु तीन लाख बजेट दिएर काम सुरु गराइएको बताए । उनले चालु आर्थिक वर्षमा समेत रु तीन लाख बजेट सो मैदानका लागि विनियोजन गरिसकेको बताए । हाल वडाको बजेटसहित खेलप्रेमीहरुले स्वतस्फूर्त रुपमा दिइएको करिब रु १५ लाख रकमबाट खेलमैदान बनाउने काम भइरहेको छ ।
वडाध्यक्ष सुब्बाले क्रिकेट खेल, प्रशिक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ क्याम्पस परिसरमा खेलमैदान निर्माण सुरु गरिएको बताए । रङ्गशाला निर्माणका लागि कति खर्च लाग्छ भन्ने यकिन भइनसकेको उनले बताए । उनका अनुसार कोशी प्रदेश सरकारले समेत चालु आर्थिक वर्षमा रु १५ लाख बजेट रङ्गशाला बनाउन सहयोग गरेको छ । पछिल्लो समय खेलमैदानका लागि क्रिकेट एसोसिएसन नेपाल ९क्यान०ले समेत चासो राखेको छ ।
क्लब र क्याम्पसबीच १९ बुँदे सम्झौता भएको छ । सम्झौतामा क्रिकेट क्लबका तर्फबाट अध्यक्ष आदित्य पराजुलीले र क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख जीवन पोखरेलले हस्ताक्षर गरेका छन् । सो सम्झौतापत्रमा खेलमैदान २५ वर्षको लिज क्लबलाई दिने र क्लबले मैदान प्रयोग गरेबापत क्याम्पसलाई वार्षिक रु ५० हजार प्रदान गरिने उल्लेख छ । उनले यो खेलमैदान पर्यटनमैत्री बनाउनका लागि वरिपरि जारकाण्डलगायत फूलजन्य एक सय ५० बोटविरुवासमेत लगाइएको बताए । उनले विगतमा लागुऔषध दुव्यर्सनीहरुको अखेडा भएको स्थानलाई क्रिकेट मैदान बनाउन पाएकामा गौरव लागेको बताए ।
वडाध्यक्ष सुब्बाले खेलमैदान बनाउन सुरु भएसँगै नेपाल भारत मैत्रीसँगका तर्फबाट भारतको पश्चिम विहार गलगलिया र भद्रपुरमा रहेको क्रिकेट टिमबीच खेल खेलाउन भारतीय दूतावासले आग्रह गरेर रु पाँच लाख रकमसमेत विनियोजन गरिसकेको बताए । उनले सो खेलका लागिसमेत तयारी भइरहेको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार
एनपिएलमा सहभागी सुदूरपश्चिम रोयल्सलाई टेलिकमले सहयोग गर्ने
मंसिर ५, २०८१ बुधबार
नेपाली यू-१९ टिम कर्नाटकासँग पराजित, सिरिज २-२ को बराबरी
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
हार्दिक पाण्ड्या टी-२० अलराउन्डरको शिर्ष स्थानमा, दिपेन्द्र दोस्रोमा कायमै
मंसिर ५, २०८१ बुधबार
पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घन्टामा २० जनाको मृत्यु
मंसिर ५, २०८१ बुधबार
मुग्लिन पोखरा सडकमा अन्तिम कालोपत्रे
मंसिर ५, २०८१ बुधबार
नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
मंसिर ५, २०८१ बुधबार
अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने
मंसिर ५, २०८१ बुधबार