बुधबार नेप्से परिसूचकमा ९ अंकको सुधार, कारोबार रकम भने ३ अर्ब ३८ करोडले घट्यो
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार १५:३४:१८
५ मंसिर काठमाडौं । बुधबार शेयरबजार ९.०९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७०११ अंकमा कायम भएको छ । यो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकममा भने कमी आएको छ । कारोबार रकम तीन अर्ब ३८ करोडले घटेको छ । ७ अर्ब ९ करोड २८ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ । मंगलबार १० अर्ब ४६ करोड ८३ लाखको शेयर कारोबार भएको थियो ।
कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोसी डेभलपमेन्ट बैंक र महिला लघुवित्त वित्तीय संस्थको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ ।
कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने ११ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै ३.३८ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स १.६६, होटल तथा पर्यटन ०.४५, हाइड्रोपावर १.२८, लगानी ०.२०, माइक्रोफाइनान्स ०.०७ तथा व्यापार ०.२७ प्रतिशत बढे । बैंकिङ सेक्टर ०.२६ प्रतिशत घट्यो । त्यस्तै जीवन बीमा ०.१८, निर्जीवन बीमा ०.२१ र अन्य ०.०७ प्रतिशत घटे । उत्पादन समूह स्थिर रह्यो ।
युनिक नेपाल लघुवित्तको ७.०६ प्रतिशत घट्यो । मूल्य घटेका अरुको ३ प्रतिशतभन्दा कम रह्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, जानाकी फाइनान्स, नेपाल फाइनान्स, हिमालय ऊर्जा विकास बैंक र बेस्ट फाइनान्स कम्पनी क्रमशः अगाडि रहे । ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्णाली विकास बैंक, जानाकी फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार