कीर्तिपुरको नगरप्रमुख बन्न मनोनयन दर्ता गरेका २० जनामध्ये कसैले पनि फिर्ता लिएनन् उम्मेदवारी
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार १७:११:२०
५ मंसिर, काठमाडौं । मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा किर्तिपुर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका २० जना कसैले पनि नाम फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुधबार नाम फिर्ता लिनेका लागि समय दिइएको थियो । तर, कसैले पनि नाम फिर्ता लिएनन् ।
तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित भएका नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नकर्मीले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए । उक्त निर्वाचनमा ५५०७ मतसहित नेकपा एमाले उम्मेदवार केश रत्न बज्राचार्य दोस्रो र ४०९० मतसहित माओवादीका उम्मेदवार शिव शरण महर्जन तेस्रो भएका थिए ।
अब मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा अब २० जनाको भिडन्त हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मेयर पदका लागि २० जनाको नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीको सूची प्रकाशन गर्दा नगरपालिका प्रमुखमा २० जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यका प्रहरी प्रमुखमा टेकबहादुर तामाङ, ललितपुरमा विवादित एसएसपी पठाइयो
पुष १७, २०८१ बुधबार
पहिलो दिनको थुनछेक बहस सकियो, प्रतिवादीले यही मर्छु भनेपछि अदालतमा केहीबेर सन्नाटा
पुष १६, २०८१ मंगलबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
भीम रावलको पत्रकार सम्मेलनः ३२ पानामा ओलीलाई गाली, एक पानामा आफ्ना कार्ययोजना
पुष १७, २०८१ बुधबार
हट एयर बेलुनमा उड्दै कलाकृति
पुष १७, २०८१ बुधबार
पर्सामा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती
पुष १७, २०८१ बुधबार
नेपालमा होटल तथा रेस्टुराँको सङ्ख्या एक लाख ४२ हजार
पुष १७, २०८१ बुधबार
गाजाबाट ५५ जना बिरामीलाई युएई पुर्याइयो
पुष १७, २०८१ बुधबार
जर्मनी : नयाँ वर्षमा आतशबाजी पड्काउँदा पाँच जनाको मृत्यु
पुष १७, २०८१ बुधबार