वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार २०:४९:३७
५ मंसिर, काभ्रे । वीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको छ । बुधबार सडक डिभिजन कार्यालय भक्तपुरले सूचना प्रकाशित गर्दै राजमार्गको विभिन्न सडक खण्डमा डाइभर्सन मर्मत कार्य भइरहेको भन्दै राति सात घण्टा अवरुद्ध हुने जानकारी दिएको हो ।
डिभिजन कार्यालयले वीपी राजमार्ग धुलिखेलदेखि वर्षे खोलासम्मको सडक खण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा 'भ्याकुरे खोला' देखि माम्तिखोलासम्म डाइभर्सन मर्मत कार्य भइरहेको बताएको छ ।
त्यस्तै राजमार्गको भकुण्डेवेशीदेखि नेपालथोकसम्म राति ९ बजेदेखि बिहान ४ बजेसम्म सडक अवरुद्ध हुने र अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा राति गाडी नचलाउन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र
मंसिर ४, २०८१ मंगलबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार