गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडीको मुद्दा
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १०:२६:३२
६ मंसिर, काठमाडौँ । भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको आरोप लगाइएको छ । अडानीलाई अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोप लगाइएको हो । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घोखाधडीको आरोप दायर गरिएको बिबिसीले उल्लेख गरेको छ ।
भारतका सबै भन्दा धनी ६२ बर्षिय अडानीविरुद्धको सो आरोपमा छानबिन शुरु गरिएको रिपोर्टमा उल्लेख गरिएको छ । अडानी समूहले अमेरिकामा नवीकरणीय उर्जा कम्पनीले २० बर्षमा २ बिलियन डलर भन्दा बढी नाफा हुने भन्दै लगानी उठाएको आरोप लगाइएको छ ।
पछिल्ला केहि महिना देखि नै अडानीविरुद्ध अनुसन्धानको चर्चा चलिरहेको र अमेरिकाले भने २०२२ देखि नै अडानीका कम्पनि बारे अनुसन्धान गरिरहेको पाइएको छ । अडानी समुहले झुटो रिपोर्ट तथा घुस समेत दिएर अमेरिकी फर्महरू लगायतका ऋण र बन्डहरूमा ३ बिलियन डलर भन्दा बढी उठाएको आरोप लागाईएको छ । अडानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगी व्यापारी मानिन्छन् ।
गत हप्ता सामाजिक सञ्जालमा अडानीले डोनाल्ड ट्रम्पलाई उनको चुनाव जितेकोमा बधाई दिदै अमेरिकामा १० बिलियन डलर लगानी गर्ने वाचा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिले अपहरण, त्यसपछि १० वर्षकी हिन्दू बालिकाको विवाह गरि धर्म परिवर्तन
मंसिर ६, २०८१ बिहिबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
पाकिस्तानको उत्तरपश्चिममा आक्रमण, २४ घन्टामा २० जनाको मृत्यु
मंसिर ५, २०८१ बुधबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
उपेन्द्र यदवले दल बिभाजनविरुद्ध दिएको रिटमा आज पनि सुनुवाइ भएन, हेर्न नमिल्नेमा राखियो
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार