आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १०:२८:५८
६ मंसिर, काठमाडौँ । बलिवुडका किङ खान शाहरुख खानका छोरा आर्यन खानको आगामी वेब सिरिजको औपचारिक घोषणा भएको छ । शाहरुख आफैंले छोरा आर्यनको नेटफ्लिक्स सिरिज घोषणा गरेका छन् । गौरी खानले निर्माण गरेको यो सिरिज आर्यन खानले निर्देशन गरेका हुन् । नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्टले यो सिरिज २०२५ मा रिलिज हुने बताइएको छ ।
शाहरुख खानले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएका हुन् । वास्तवमा आर्यन खान यसै सिरिजबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । यो सिरिज फिल्म उद्योगको पृष्ठभूमिमा आधारित रहेको बताइएको छ ।
नेटफ्लिक्सले यो सिरिज र यसको लस एन्जलस आयोजित कार्यक्रममा रेड चिलिजसँगको साझेदारीको घोषणा गरेको छ । यो सिरिज फिल्म उद्योगमा आधारित रहेको र यस सिरिजमा बलिउडको ग्ल्यामरस र अप्ठ्यारो दुनियाँमा आफ्नो पहिचान बनाउन खोज्ने बाहिरी व्यक्तिको संघर्ष पनि देखिने बताइएको छ ।
यसैबीच शाहरुख खानले यस सिरिज बारे पोष्ट गर्दै लेखेका छन्, ‘यो विशेष दिन हो किनभने हामी दर्शकसामु नयाँ कथा ल्याइरहेका छौं । आर्यन आफ्नो नयाँ यात्रा सुरु गर्न लागेकाले रेड चिलीजका लागि यो दिन निकै विशेष छ । उनको नयाँ वेब सिरिज चाँडै नै नेटफ्लिक्समा आउनेछ । अगाडि बढ र मानिसहरूलाई मनोरञ्जन गर । याद रहोस, शो बिजनेस जस्तो कुनै व्यवसाय छैन ।’
नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्टले यसअघि पनि सँगै काम गरिसकेका छन्। यो वेब सिरिज नेटफ्लिक्स र रेड चिलीज इन्टरटेनमेन्ट बीचको छैटौं फिल्म हो । यसअघि दुवैले डार्लिङ, भक्त, क्लास अफ ८३, बेताल र बार्ड अफ ब्लडजस्ता फिल्ममा सँगै काम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद
मंसिर ५, २०८१ बुधबार
अल्लु अर्जुन बने भारतका सबैभन्दा महंगा अभिनेता
मंसिर ४, २०८१ मंगलबार
पुष्पामा अल्लु अर्जुनको पारिश्रमिक ३०० करोड, अरूको कति ?
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
उपेन्द्र यदवले दल बिभाजनविरुद्ध दिएको रिटमा आज पनि सुनुवाइ भएन, हेर्न नमिल्नेमा राखियो
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
बहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार