डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १०:५२:४४
६ मंसिर, काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । बुधबार डलको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो । बिहिबार पनि सोहि मूल्यमा यसको खरिदबिक्र हुँने राष्ट्रि बैंकले जानाएको छ ।
बिहिबार युरोपियन युरो ७ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ १५ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा तोकिएको छ । बुधबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ २२ पैसा बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा तोकिएको थियो ।
बिहिबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा बिहिबार पनि २९ पैसाले बढेको हो । यसअघि बुधबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ २५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम थियो ।
त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ १४ पैसा र बिक्रीदर ३० रूपैयाँ २७ पैसा कायम गरेको छ ।
यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १३ र बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ । बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार