गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार ११:२:४८
६ मंसिर, काठमाडौँ । पेप गुआर्डिओलाले म्यानचेस्टर सिटीमा आफ्नो सम्झौता नवीकरण गर्ने भएका छन् । मिडिया रिपोर्टका अनुसार गुआर्डिओला २०२६ को जुनसम्म सिटीमा रहने गरि सम्झौता नवीकरण गर्न सहमत भएका हुन् । सिटीमा उनको सम्झौता आगामी जुनमा सकिदै थियो । नयाँ सहमतिमा उनको सम्झौता २०२७ को जुनसम्म लम्बाउन सकिने उल्लेख रहेको छ ।
गुआर्डिओला २०१६ को जुलाई १ देखि म्यानचेस्टर सिटीको मुख्य प्रशिक्षक रहेका छन् । उनले अहिलेसम्म म्यानचेस्टर सिटीलाई ६ प्रिमियर लिग उपाधि जिताएका छन् । त्यस्तै २०२२–२३ को च्याम्पियन्स लिग पनि जिताएका छन् । उनको नेतृत्वमा सिटीले २०२३ मा फिफा क्लब विश्वकप जितेको थियो भने २ पटक एफए कप, तीन पटक कम्युनिटी शिल्ड, र चार पटक इएफएल कप जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै
कात्तिक ६, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार