दल बिभाजनविरुद्ध उपेन्द्र यादवले दिएको रिटको पेशी सर्वोच्चको पूर्ण इजलासमा
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार ११:४३:२९
६ मंसिर, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी तीन न्यायाधीशको पूर्ण इजलासमा तोकिएको छ । यो इजलाशमा न्यायाधीशहरू हरिप्रसाद फुयाँल, टेकप्रसाद ढुंगाना र सुनिलकुमार पोखरेल रहेका छन् ।
यादवको रिट यो इजलाशको ३ नम्बरमा पेसी परेको छ । यादवको मुद्दा संयुक्त इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय देखिएको भन्दै २०८१ भदौ १३ गते पूर्ण इजलासमा पठाएको थियो । पूर्णमा पठाएपछि यो विवादमा सुनुवाइ हुन सकेको छैन । २०८१ जेठ २७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको थियो ।
जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
यस्तै यादवले दल छाडेर जाने ७ सांसदको कामकारवाहीमा पनि रोक लगाउन माग गर्दै सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि हेर्न नभ्याइने पर्दै आएको थियो । यसअघि इजलासले यादवको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार
रवि र छबीसहित ५ जनालाई कास्की अदालतका न्यायाधीश राईको इललासमा बयान गराइने
पुष ८, २०८१ सोमबार