सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १२:४१:१२
६ मंसिर, सिरिया । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलाममा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।
बेलायतमा आधारित युद्ध पर्यवेक्षक “सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स” ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ ।
जस मध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चार जना हिजबुल्लाह र दुई जना अज्ञात थिए ।
“इजरायलले अल–तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।
सिरियाको विदेश मन्त्रालयले “पाल्मिरा सहर विरुद्धको क्रूर इजरायली आक्रमणको कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरूका जनता विरुद्धको निरन्तरको अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।
युनेस्कोको विश्व सम्पदा सुचिमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए ।
सिरियाका पुरातत्व तथा सङ्ग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरूमा प्रत्यक्ष क्षति नभएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली सेनाले गर्यो थप २ प्यालेस्टाइनीको हत्या
माघ १८, २०८१ शुक्रबार
ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प
माघ १८, २०८१ शुक्रबार
इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार
यी हुन् प्रतिनिधिसभामा पेश भएका ६ अध्यादेश
माघ १८, २०८१ शुक्रबार
प्रतिनिधिसभाको अर्को बैठक यही माघ २४ गते बस्ने
माघ १८, २०८१ शुक्रबार
नारायणी नदीमा मोटरबोट
माघ १८, २०८१ शुक्रबार
त्रिपालमुनि बस्दै आएका बाढीपीडित परिवार
माघ १८, २०८१ शुक्रबार