बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १२:४९:५७
६ मंसिर, धनगढी । गृहमन्त्री रमेश लेखकले बीआरआई अन्तगर्तका परियोजनामा ऋण लिने विषयमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमती दिन नसक्ने बताएका छन् । उनले बीआरआई परियोजनामा ऋणको विषय समावेश हुन नसक्ने निर्णयबाट कांग्रेस पछि नहट्ने बताएका छन् ।
बीआरआईमा अनुदान लिने तर ऋणका रुपमा भने स्वीकार नगर्ने कांग्रेसको औपचारिक निर्णय भएकाले ऋणमा भएपनि यो परियोजना अगाडी बढाउन भन्ने प्रधानमन्त्रीको आशय भए त्यसमा कांग्रेसले सहमति दिन नसक्ने गृहमन्त्री रमेश लेखकको भनाइ छ । बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यताहरु देखिएको बताए ।
उनले दुवै दलबीच हुने समझदारीका आधारमा मात्र अब यो परियोजना अघि बढ्ने बताए । कांग्रेसले त ऋणका रुपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेको ऋणका रुपमा भएपनि लिनुपर्छ भन्ने तर्क केही नेताहरुबाट आएको छ । दुवै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ, उनले भने । मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषदमा हेरफेरको कुरा आजसम्म नचलेको बताए ।
हामी प्रधानमन्त्रीय प्रणालीमा छौं । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने कुरा हुन्छ । तर आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन, उनले भने । मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म कांग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार