३१ अंकले घटेर २७०० तल झर्यो नेप्सेः सबै सूचक घटे, ८ अर्ब २५ करोडमाथि भयो करोबार
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार १५:४०:५१
६ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार दोहोरो अंकले घटेर बन्द भयो । बिहीबार शेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.३१ अंक घटेको छ । सो अंकको कमीपछि २६८० मा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स १.१५ प्रतिशतले घटेर ४७२.९७ विन्दुमा कायम भएको छ ।
नेप्से परिसूचक दोहोरो अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । यसदिन ३१४ स्क्रिप्सको १ करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८८६ रुपैयाँमा खरिदबिक्री भए । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएको थियो ।
दोहोरो अंकले घटेको सेयर बजारमा दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको सयर १० प्रतिशतले वृद्धि भएको हो । आज जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाए । सो कम्पनीको शेयर १० प्रतिशतले घट्यो ।
फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.८६ प्रतिशत घट्यो । बैंकिङ ०.९०, विकास बैंक १.४७, होटल तथा पर्यटन १.७३, हाइड्रोपावर ०.९०, लगानी ०.९०, जीवन बीमा १.३६, उत्पादन १.५४, माइक्रोफाइनान्स ०.६८, निर्जीवन बीमा १.१६, अन्य १.६७ र व्यापार समूह ०.९८ प्रतिशत घटे ।
दुई कम्पनी सामुदायिक लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । माहुली लघुवित्तको ६.११, धौलागिरि लघुवित्तको ५.४९ तथा रिभर फल्स पावरको ५.३३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीले २५ अर्ब माथिक शेयर कारोबार गर्यो ।
यसैगरी नगदी ग्रुपको २३ करोड,रसुवागढी हाइड्रोपावर कम्पनीको १९ करोड,हिमालयन ऊर्जा विकासको १८ करोड र कर्णाली डेभलपमेन्ट डेभलपमेन्ट बैंकको १६ करोड मूल्य बराबरको सेयर कारोबार भयो । यसदिन सबै समूहको सूचक नकारात्मक देखिए । कारोबारमा आएकामध्ये ४३ स्टक्सको मूल्य बढ्दा १९७ वटाको घट्यो । ४ समूहको उपसूचक भने नकारात्मक देखिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार